PepLamb's Audio Bible
Loading God's Word...
मेरा पाठाहरूलाई खुवाऊ | यूहन्ना 21:15-17
Gen.8.1

नूह र उनीसित जहाजमा जो मानिस पशु र चराहरु थिए, तिनीहरुलाई परमेश्वरले सम्झनु भयो। परमेश्वरले पृथ्वीमा हावा बहाउनु भयो। र पानी बिस्तारै घट्न थाल्यो।
 
Nūha ra unīsita jahājamā jō mānisa paśu ra carāharu thi'ē, tinīharulā'ī paramēśvaralē samjhanu bhayō. Paramēśvaralē pr̥thvīmā hāvā bahā'unu bhayō. Ra pānī bistārai ghaṭna thālyō.

उत्पत्ति 8
उत्पत्ति 8:1-5

The Ark Rests on Ararat

1 नूह र उनीसित जहाजमा जो मानिस पशु र चराहरु थिए, तिनीहरुलाई परमेश्वरले सम्झनु भयो। परमेश्वरले पृथ्वीमा हावा बहाउनु भयो। र पानी बिस्तारै घट्न थाल्यो।
 
Nūha ra unīsita jahājamā jō mānisa paśu ra carāharu thi'ē, tinīharulā'ī paramēśvaralē samjhanu bhayō. Paramēśvaralē pr̥thvīmā hāvā bahā'unu bhayō. Ra pānī bistārai ghaṭna thālyō.
2 आकाशबाट पानी पर्न छोडे पछि भूमि मुनिबाट पनि पानी बग्न छोडयो।
 
Ākāśabāṭa pānī parna chōḍē pachi bhūmi munibāṭa pani pānī bagna chōḍayō.
3 त्यसपछि बिस्तारै जमिनमा पानी घट्न थाल्यो। 150दिन पुगेपछि पानी घटेको थियो
 
Tyasapachi bistārai jaminamā pānī ghaṭna thālyō. 150Dina pugēpachi pānī ghaṭēkō thiyō
4 अनि सातौं महीनाको सत्रौं दिन अरारात पर्वतमा जहाज अडियो।
 
Ani sātauṁ mahīnākō satrauṁ dina arārāta parvatamā jahāja aḍiyō.
5 यसरी पानी दशौं महीना नपुगुञ्जेलसम्म घटिरह्यो। महीनाको पहिला दिन पर्वतको चुचुराहरु देखिए।
 
Yasarī pānī daśauṁ mahīnā napuguñjēlasam'ma ghaṭirahyō. Mahīnākō pahilā dina parvatakō cucurāharu dēkhi'ē.

Noah Sends a Raven and a Dove

6 त्यसपछि चालीसौं दिनको अन्तमा न्‌हले जहाजको ढोका खोलेर एउटा कागलाई उडाई दिए।
 
Tyasapachi cālīsauṁ dinakō antamā n‌halē jahājakō ḍhōkā khōlēra ē'uṭā kāgalā'ī uḍā'ī di'ē.
7 अनि त्यो काग पृथ्वीमा पानी नसुकुञ्जेलसम्म उडेर जाँदै-फर्कंदै गरिरह्यो।
 
Ani tyō kāga pr̥thvīmā pānī nasukuñjēlasam'ma uḍēra jām̐dai-pharkandai garirahyō.
8 त्यसपछि उनले फेरि पृथ्वीको सतहमा पानी सुकीसकेको छ वा छैन जान्न जहाजबाट एउटा ढुकुर उडाइ दिए।
 
Tyasapachi unalē phēri pr̥thvīkō satahamā pānī sukīsakēkō cha vā chaina jānna jahājabāṭa ē'uṭā ḍhukura uḍā'i di'ē.
9 तर त्यस ढुकुरले पृथ्वीमा कतै आफ्नो पाऊ राख्ने ठाउँ पाएन। जमीनमा कतै पाऊ राख्ने ठाउँ नपाएर त्यो ढुकुर फर्केपछि नहुले हात फिंजाएर त्यसलाई समाती जहाजभित्र पसाए।
 
Tara tyasa ḍhukuralē pr̥thvīmā katai āphnō pā'ū rākhnē ṭhā'um̐ pā'ēna. Jamīnamā katai pā'ū rākhnē ṭhā'um̐ napā'ēra tyō ḍhukura pharkēpachi nahulē hāta phin̄jā'ēra tyasalā'ī samātī jahājabhitra pasā'ē.
10 नूहले अझै सात दिन पर्खेर फेरि त्यस ढुकुरलाई जहाजबाट बाहिर उडाइदिए,
 
Nūhalē ajhai sāta dina parkhēra phēri tyasa ḍhukuralā'ī jahājabāṭa bāhira uḍā'idi'ē,
11 अनि त्यो ढुकुर साँझमा फेरि जहाजमा फर्किएर आयो। यस पल्ट नूहले पृथ्वीको सतहबाट पानी सुकेको चाल पाए कारण यस पल्ट त्यस ढुकुरले आफ्नो चुच्चोमा एउटा भद्राक्षको पात चेपेर ल्याएको थियो।
 
Ani tyō ḍhukura sām̐jhamā phēri jahājamā pharki'ēra āyō. Yasa palṭa nūhalē pr̥thvīkō satahabāṭa pānī sukēkō cāla pā'ē kāraṇa yasa palṭa tyasa ḍhukuralē āphnō cuccōmā ē'uṭā bhadrākṣakō pāta cēpēra lyā'ēkō thiyō.
12 त्यसपछि नूहले फेरि सात दिनसम्म पर्खे र त्यही ढुकुरलाई जहाजबाहिर उडाइ दिए तर यस पल्ट त्यो ढुकुर फर्केर नूह भएको जहाजमा आएन।
 
Tyasapachi nūhalē phēri sāta dinasam'ma parkhē ra tyahī ḍhukuralā'ī jahājabāhira uḍā'i di'ē tara yasa palṭa tyō ḍhukura pharkēra nūha bha'ēkō jahājamā ā'ēna.

Exiting the Ark

13 नूहको उमेरको 601 वर्ष भएको थियो पहिलो महीनाको पहिलो दिन पृथ्वीको सतहमाथि पानी पूर्णरुपले सुक्यो। यसर्थ नूहले जहाजको ढोका खोलेर हेर्दा देख्यो पृथ्वीको सतहमा पानी सुकिसकेको थियो।
 
Nūhakō umērakō 601 varṣa bha'ēkō thiyō pahilō mahīnākō pahilō dina pr̥thvīkō satahamāthi pānī pūrṇarupalē sukyō. Yasartha nūhalē jahājakō ḍhōkā khōlēra hērdā dēkhyō pr̥thvīkō satahamā pānī sukisakēkō thiyō.
14 दोस्रो महीनाको सत्ताईसौं दिनमा पृथ्वीको सतहबाट सम्पूर्ण रूपले पानी सुकेको थियो।
 
Dōsrō mahīnākō sattā'īsauṁ dinamā pr̥thvīkō satahabāṭa sampūrṇa rūpalē pānī sukēkō thiyō.
15 तब परमेश्वरले नूहलाई भन्नुभयो,
 
Taba paramēśvaralē nūhalā'ī bhannubhayō,
16 “तँ, तेरी पत्नी, तेरा छोराहरु र बुहारीहरु लिएर जहाज बाहिर आइज।
 
“Tam̐, tērī patnī, tērā chōrāharu ra buhārīharu li'ēra jahāja bāhira ā'ija.
17 जहाजमा तँसँग जे जति चराहरु, पाल्तू जनावर, वनका जनावार भूमिमा घस्रने जन्तुहरु ती सब भूमिमा ओह्राल जसले गर्दा तिनीहरुले पृथ्वीमा आफ्नो सन्तान बढाउन्, पशुहरुले तिनीहरुको संख्या पृथ्वीमा बढाउन्।”
 
Jahājamā tam̐sam̐ga jē jati carāharu, pāltū janāvara, vanakā janāvāra bhūmimā ghasranē jantuharu tī saba bhūmimā ōhrāla jasalē gardā tinīharulē pr̥thvīmā āphnō santāna baḍhā'un, paśuharulē tinīharukō saṅkhyā pr̥thvīmā baḍhā'un.”
18 यसर्थ, नूह उनका छोराहरु, उनकी पत्नी तथा बुहारीहरु जहाजबाट बाहिर भूमिमा निस्के।
 
Yasartha, nūha unakā chōrāharu, unakī patnī tathā buhārīharu jahājabāṭa bāhira bhūmimā niskē.
19 आफ्नो-आफ्नो परिवार, प्रत्येक जनावर, घस्रने प्राणीहरु, प्रत्येक चरा जो पनि पृथ्वीमाथि हिंड्डुल गर्छन् तथा आकाशमा उड्छन् ती सबै पृथ्वीमा ओर्लिए।
 
Āphnō-āphnō parivāra, pratyēka janāvara, ghasranē prāṇīharu, pratyēka carā jō pani pr̥thvīmāthi hiṇḍḍula garchan tathā ākāśamā uḍchan tī sabai pr̥thvīmā ōrli'ē.

Noah Builds an Altar

20 त्यसपछि नूहले परम्मप्रभुको निम्ति एउटा वेदी उभ्याए र उनले केही पवित्र पशुहरु र पवित्र चराहरु परमप्रभुको निम्ति वेदीमा होमबलि चढाए।
 
Tyasapachi nūhalē param'maprabhukō nimti ē'uṭā vēdī ubhyā'ē ra unalē kēhī pavitra paśuharu ra pavitra carāharu paramaprabhukō nimti vēdīmā hōmabali caḍhā'ē.
21 परमप्रभुले त्यस बलिदानहरुको बास्ना लिएपछि मनमा भन्नुभयो, “फेरि पृथ्वीलाई कहिल्ये पनि सराप दिने छैन। यसर्थ अब उसो कहिले पनि यस प्रकारका जीवित प्राणीहरुलाई नष्ट पार्ने छैन। 22जहिलेसम्म पृथ्वी रहन्छ, बिउ छर्ने र फसल काट्ने समय, जाडो र गर्मी, ग्रीष्म र शिशिर, दिन अनि रातको कहिल्यै अन्त हुनेछैन।”
 
Paramaprabhulē tyasa balidānaharukō bāsnā li'ēpachi manamā bhannubhayō, “phēri pr̥thvīlā'ī kahilyē pani sarāpa dinē chaina. Yasartha aba usō kahilē pani yasa prakārakā jīvita prāṇīharulā'ī naṣṭa pārnē chaina. 22Jahilēsam'ma pr̥thvī rahancha, bi'u charnē ra phasala kāṭnē samaya, jāḍō ra garmī, grīṣma ra śiśira, dina ani rātakō kahilyai anta hunēchaina.”
22 [This verse may not be a part of this translation]

क्रस-सन्दर्भहरू

यस पदका लागि कुनै क्रस-सन्दर्भ उपलब्ध छैन।