PepLamb's Audio Bible
Loading God's Word...
मेरा पाठाहरूलाई खुवाऊ | यूहन्ना 21:15-17
Gen.6.1

पृथ्वीमा जब मानिसहरुको संख्या बढदै गयो, तिनीहरुले कन्याहरुलाई जन्म दिए।
 
Pr̥thvīmā jaba mānisaharukō saṅkhyā baḍhadai gayō, tinīharulē kan'yāharulā'ī janma di'ē.

उत्पत्ति 6
उत्पत्ति 6:1-7

Corruption on the Earth

1 पृथ्वीमा जब मानिसहरुको संख्या बढदै गयो, तिनीहरुले कन्याहरुलाई जन्म दिए।
 
Pr̥thvīmā jaba mānisaharukō saṅkhyā baḍhadai gayō, tinīharulē kan'yāharulā'ī janma di'ē.
2 परमेश्वरका छोराहरुले ती मानव कन्याहरुलाई मन पराए। यसकारण परमेश्वरका छोराहरुले आफूले रोजेका केही कन्याहरुलाई विवाह गरे।
 
Paramēśvarakā chōrāharulē tī mānava kan'yāharulā'ī mana parā'ē. Yasakāraṇa paramēśvarakā chōrāharulē āphūlē rōjēkā kēhī kan'yāharulā'ī vivāha garē.
3 तब परमेश्वरले भन्नुभयो, “तिनीहरु मरणशील भएकाले मानव रुपमा लामो समयसम्म बाँच्ने छैनन्। 3तिनीहरुको आयु केवल 120 वर्षसम्म मात्र हुने छ।”
 
Taba paramēśvaralē bhannubhayō, “tinīharu maraṇaśīla bha'ēkālē mānava rupamā lāmō samayasam'ma bām̐cnē chainan. 3Tinīharukō āyu kēvala 120 varṣasam'ma mātra hunē cha.”
4 यस पृथ्वीमा नपील मानिसहरु त्यस समय र त्यसपछि पनि थिए। परमेश्वरका छोराहरुले जब मनुष्य कन्याहरुसित शारीरिक सम्बन्ध राखे तिनीहरुले परमेश्वरका छोराहरुका नानीहरु जन्माए। तिनीहरु प्राचीन समयबाट नै प्रसिद्ध लडाकुहरु थिए।
 
Yasa pr̥thvīmā napīla mānisaharu tyasa samaya ra tyasapachi pani thi'ē. Paramēśvarakā chōrāharulē jaba manuṣya kan'yāharusita śārīrika sambandha rākhē tinīharulē paramēśvarakā chōrāharukā nānīharu janmā'ē. Tinīharu prācīna samayabāṭa nai prasid'dha laḍākuharu thi'ē.
5 परमप्रभुले देख्नु भयो पृथ्वीका मानिसहरुमा दुष्टता अत्यन्तै धेरै थियो अनि तिनीहरुले मनमा जे चिताउँद थिए सँधै विचारहरु नै दुष्टपूर्ण हुन्थ्यो।
 
Paramaprabhulē dēkhnu bhayō pr̥thvīkā mānisaharumā duṣṭatā atyantai dhērai thiyō ani tinīharulē manamā jē citā'um̐da thi'ē sam̐dhai vicāraharu nai duṣṭapūrṇa hunthyō.
6 अनि परमप्रभु पृथ्वीमा मनुष्य जाति सृष्टि गरेकोमा दुःखी हुनुभयो। त्यसले परमप्रभुलाई हृदयबाट नै दुःखी तुल्यायो।
 
Ani paramaprabhu pr̥thvīmā manuṣya jāti sr̥ṣṭi garēkōmā duḥkhī hunubhayō. Tyasalē paramaprabhulā'ī hr̥dayabāṭa nai duḥkhī tulyāyō.
7 तब परमप्रभुले भन्नुभयो, “पुथ्वीबाट नै यी मानिसहरुलाई म ध्वंश पार्ने छु। म मानिस, घस्रने र अन्य पशुहरु अनि आकाशमा उड्ने चराहरु जे मैले सृष्टि गरें म सबैलाई ध्वंश पार्नेछु।”
 
Taba paramaprabhulē bhannubhayō, “puthvībāṭa nai yī mānisaharulā'ī ma dhvanśa pārnē chu. Ma mānisa, ghasranē ra an'ya paśuharu ani ākāśamā uḍnē carāharu jē mailē sr̥ṣṭi garēṁ ma sabailā'ī dhvanśa pārnēchu.”

Noah’s Favor with God

8 तर न्‌हले परमप्रभुलाई खुशी तुल्याए।
 
Tara n‌halē paramaprabhulā'ī khuśī tulyā'ē.
9 यो नूहको पारिवारीक इतिहास हो। न्‌ह उसको जीनवनभरि एकजना असल व्यक्ति थिए। न्‌हले सँधैं परमेश्वरको अनुसरण गर्द थिए।
 
Yō nūhakō pārivārīka itihāsa hō. N‌ha usakō jīnavanabhari ēkajanā asala vyakti thi'ē. N‌halē sam̐dhaiṁ paramēśvarakō anusaraṇa garda thi'ē.
10 नूहका तीन छोराहरु शेम, हाम र येपेत नाउँ भएका थिए।
 
Nūhakā tīna chōrāharu śēma, hāma ra yēpēta nā'um̐ bha'ēkā thi'ē.
11 परमेश्वरको नजरमा पृथ्वी भ्रष्ट थियो। मानिसहरुले पृथ्वीमा हिंसा ब्याप्त पारेका थिए।
 
Paramēśvarakō najaramā pr̥thvī bhraṣṭa thiyō. Mānisaharulē pr̥thvīmā hinsā byāpta pārēkā thi'ē.
12 परमेश्वरले पृथ्वीमा देख्नु भयो पृथ्वीका मानिसहरुले आफ्नो जीवन भ्रष्ट पारेकोले पृथ्वी नै नष्ट भएको थियो।
 
Paramēśvaralē pr̥thvīmā dēkhnu bhayō pr̥thvīkā mānisaharulē āphnō jīvana bhraṣṭa pārēkōlē pr̥thvī nai naṣṭa bha'ēkō thiyō.

Preparing the Ark

13 तब परमेश्वरले न्‌हलाई भन्नुभयो, “मानिसहरुको हिंसाले पृथ्वी भरिएकोले यसमा भएका सबै प्राणीहरुलाई नष्ट पार्न मैले निर्णय लिएँ। यसर्थ पृथ्वीसितै तिनीहरु सबैलाई म झट्टै नष्ट पार्नेछु।
 
Taba paramēśvaralē n‌halā'ī bhannubhayō, “mānisaharukō hinsālē pr̥thvī bhari'ēkōlē yasamā bha'ēkā sabai prāṇīharulā'ī naṣṭa pārna mailē nirṇaya li'ēm̐. Yasartha pr̥thvīsitai tinīharu sabailā'ī ma jhaṭṭai naṣṭa pārnēchu.
14 तैंले गोपेर काठको एउटा जहाज बनाउनु र त्यसमा कोठाहरु बनाउनु र त्यसको भित्र र बाहिर पट्टी अलकत्राले लिप्नु।
 
Tainlē gōpēra kāṭhakō ē'uṭā jahāja banā'unu ra tyasamā kōṭhāharu banā'unu ra tyasakō bhitra ra bāhira paṭṭī alakatrālē lipnu.
15 “त्यो जहाज 300 हात लामो, 50 हात चौडा र 30 हात अल्गो बनाउनु र
 
“Tyō jahāja 300 hāta lāmō, 50 hāta cauḍā ra 30 hāta algō banā'unu ra
16 त्यसमा छाना लगाउनु। जब छानाको एक हात तल झ्याल बनाउँनु। त्यस जहाजको एकापट्टी एउटा ढोका राख्नु र त्यसमा पहिले, दोस्रो र तेस्रो तला बनाउनु।
 
Tyasamā chānā lagā'unu. Jaba chānākō ēka hāta tala jhyāla banā'um̐nu. Tyasa jahājakō ēkāpaṭṭī ē'uṭā ḍhōkā rākhnu ra tyasamā pahilē, dōsrō ra tēsrō talā banā'unu.
17 “मेरो भागमा म यस धर्तीका सबै प्राणीहरुको सर्वनाश पार्न खतरनाक बाढी ल्याइरहेको छु। सजीव वस्तुहरु मर्नेछन्।
 
“Mērō bhāgamā ma yasa dhartīkā sabai prāṇīharukō sarvanāśa pārna khataranāka bāḍhī lyā'irahēkō chu. Sajīva vastuharu marnēchan.
18 तर म तँसँग एउटा करार गर्नेछु। जहाज भित्र पस्दा तैंले आफूसँग आफ्नो छोराहरु, पत्नी, अनि बुहारीहरु लानु।
 
Tara ma tam̐sam̐ga ē'uṭā karāra garnēchu. Jahāja bhitra pasdā tainlē āphūsam̐ga āphnō chōrāharu, patnī, ani buhārīharu lānu.
19 अनि आफूसँग प्रत्येक जोडी जीवित प्राणी जहाज भित्र लानु, ती जीवित प्राणीहरु सबै भाले-पोथीको जोडी होस् र तिनीहरु पनि तिमीहरुसितै बाँचिरहुन्।
 
Ani āphūsam̐ga pratyēka jōḍī jīvita prāṇī jahāja bhitra lānu, tī jīvita prāṇīharu sabai bhālē-pōthīkō jōḍī hōs ra tinīharu pani timīharusitai bām̐cirahun.
20 जीवन रक्षाको निम्ति प्रत्येक जातका पशु चरा र घस्रने प्राणीहरु त्यहाँ तिमीहरुसित रहनेछन्।
 
Jīvana rakṣākō nimti pratyēka jātakā paśu carā ra ghasranē prāṇīharu tyahām̐ timīharusita rahanēchan.
21 अनि तेरो भागमा सबै प्रकारको खाद्य सामग्री भोजनको लागि जम्मा गर्नु। तेरो र ती सब प्राणीहरुका निम्ति भोजन हुनेछ।”
 
Ani tērō bhāgamā sabai prakārakō khādya sāmagrī bhōjanakō lāgi jam'mā garnu. Tērō ra tī saba prāṇīharukā nimti bhōjana hunēcha.”
22 परमेश्वरको आज्ञा अनुसार नूहले सबै काम पूरा गर्यो।
 
Paramēśvarakō ājñā anusāra nūhalē sabai kāma pūrā garyō.

क्रस-सन्दर्भहरू

यस पदका लागि कुनै क्रस-सन्दर्भ उपलब्ध छैन।