PepLamb's Audio Bible
Loading God's Word...
मेरा पाठाहरूलाई खुवाऊ | यूहन्ना 21:15-17
Gen.4.1

आफ्नी पत्नी हव्वासंग आदमको सहवास भयो अनि तिनी गर्भवती भएर एउटा छोरो कयिनलाई जन्माइन। तिनले भनिन, “परमप्रभुको सहायताद्वारा मैले एउटा मानिसलाई जन्म दिएँ।”
 
Āphnī patnī havvāsaṅga ādamakō sahavāsa bhayō ani tinī garbhavatī bha'ēra ē'uṭā chōrō kayinalā'ī janmā'ina. Tinalē bhanina, “paramaprabhukō sahāyatādvārā mailē ē'uṭā mānisalā'ī janma di'ēm̐.”

उत्पत्ति 4
उत्पत्ति 4:1-16

Cain and Abel

1 आफ्नी पत्नी हव्वासंग आदमको सहवास भयो अनि तिनी गर्भवती भएर एउटा छोरो कयिनलाई जन्माइन। तिनले भनिन, “परमप्रभुको सहायताद्वारा मैले एउटा मानिसलाई जन्म दिएँ।”
 
Āphnī patnī havvāsaṅga ādamakō sahavāsa bhayō ani tinī garbhavatī bha'ēra ē'uṭā chōrō kayinalā'ī janmā'ina. Tinalē bhanina, “paramaprabhukō sahāyatādvārā mailē ē'uṭā mānisalā'ī janma di'ēm̐.”
2 तिनले फेरि अर्को छोरो हाबिललाई जन्माइन। हाबिल भेडा गोठालो भयो अनि कयिन खेतीवाला भयो।
 
Tinalē phēri arkō chōrō hābilalā'ī janmā'ina. Hābila bhēḍā gōṭhālō bhayō ani kayina khētīvālā bhayō.
The First Murder
3 केही समय पश्चात कयिनले भूमिको उब्जनीबाट केही खाने कुरो परमप्रभु कहाँ भेटीस्वरुप चढाउन ल्यायो।
 
Kēhī samaya paścāta kayinalē bhūmikō ubjanībāṭa kēhī khānē kurō paramaprabhu kahām̐ bhēṭīsvarupa caḍhā'una lyāyō.
4 हाबिलले पनि आफ्नो भेडाको बथानबाट पहिले जन्मेको भेडाको उत्तम भाग चढाउन ल्यायो। अनि हाबिलले ल्याएको भेटी परमप्रभुले स्वीकार गर्नुभयो।
 
Hābilalē pani āphnō bhēḍākō bathānabāṭa pahilē janmēkō bhēḍākō uttama bhāga caḍhā'una lyāyō. Ani hābilalē lyā'ēkō bhēṭī paramaprabhulē svīkāra garnubhayō.
5 तर परमप्रभुले कयिन र उनले चढाएको भेटी स्वीकार गर्नु भएन। यसर्थ कयिन साहै रिसायो र दुःखी भयो।
 
Tara paramaprabhulē kayina ra unalē caḍhā'ēkō bhēṭī svīkāra garnu bha'ēna. Yasartha kayina sāhai risāyō ra duḥkhī bhayō.
6 [This verse may not be a part of this translation]
7 [This verse may not be a part of this translation]
8 कयिनले उसको भाइलाई भने, “हामी खेतमा जाऔं!” अनि तिनीहरु खेतमा गएका थिए, कयिनले उसको भाइलाई आक्रमण गरी तिनलाई मार्यो।
 
Kayinalē usakō bhā'ilā'ī bhanē, “hāmī khētamā jā'auṁ!” Ani tinīharu khētamā ga'ēkā thi'ē, kayinalē usakō bhā'ilā'ī ākramaṇa garī tinalā'ī māryō.
9 तब परमप्रभुले कयिनलाई भन्नुभयो, “तेरो भाइ हाबिल कहाँ छ?” तब कयिनले उत्तर दियो, “म जान्दिन, मेरो भाइको हेरचाह गर्ने काम मेरो हो र?”
 
Taba paramaprabhulē kayinalā'ī bhannubhayō, “tērō bhā'i hābila kahām̐ cha?” Taba kayinalē uttara diyō, “ma jāndina, mērō bhā'ikō hēracāha garnē kāma mērō hō ra?”
10 त्यसपछि, परमप्रभुले कयिनलाई सोध्नु भयो, “तैंले उसलाई के गरिस्? कारण भूमिबाट उसको रगत मसंग कराउँदैछ।
 
Tyasapachi, paramaprabhulē kayinalā'ī sōdhnu bhayō, “tainlē usalā'ī kē garis? Kāraṇa bhūmibāṭa usakō ragata masaṅga karā'um̐daicha.
11 तैंले तेरो भाइको हत्या गरिस् र तेरो हातबाट रगत पिउनलाई भूमिले मुख बाही रहेकोछ। यसकारण अब म त्यस भूमिमा नराम्रो कुराहरु हुने बनाइदिनेछु।
 
Tainlē tērō bhā'ikō hatyā garis ra tērō hātabāṭa ragata pi'unalā'ī bhūmilē mukha bāhī rahēkōcha. Yasakāraṇa aba ma tyasa bhūmimā narāmrō kurāharu hunē banā'idinēchu.
12 जब तैंले त्यो भूमिमा केही रोप्छस तेरो निम्ति त्यस भूमिले केही फसल दिने छैन। पृथ्वीमा तेरो एउटा घर पनि हुने छैन, तँ एक ठाउँदेखि अर्को ठाउँ घुमिहिंडने छस्।”
 
Jaba tainlē tyō bhūmimā kēhī rōpchasa tērō nimti tyasa bhūmilē kēhī phasala dinē chaina. Pr̥thvīmā tērō ē'uṭā ghara pani hunē chaina, tam̐ ēka ṭhā'um̐dēkhi arkō ṭhā'um̐ ghumihiṇḍanē chas.”
13 तब कयिनले परमप्रभुलाई भने, “यो दण्ड चाँहि मैले सहन सक्नेभन्दा धेरै भयो।
 
Taba kayinalē paramaprabhulā'ī bhanē, “yō daṇḍa cām̐hi mailē sahana saknēbhandā dhērai bhayō.
14 हेर्नुहोस्, आज तपाईंले मलाई जमीनबाट निकालिदिनु भयो अनि म तपाईंको नजरबाट बाहिर रहनु पर्यो, यस पृथ्वीमा घरबेगरको घुमिहिंड्ने हुने भएँ र जसले पनि मलाई भेट्छ मलाई मार्नेछन्।”
 
Hērnuhōs, āja tapā'īnlē malā'ī jamīnabāṭa nikālidinu bhayō ani ma tapā'īṅkō najarabāṭa bāhira rahanu paryō, yasa pr̥thvīmā gharabēgarakō ghumihiṇḍnē hunē bha'ēm̐ ra jasalē pani malā'ī bhēṭcha malā'ī mārnēchan.”
15 तब परमप्रभुले उसलाई भन्नुभयो, “यस्तो हुन पाउने छैन! यदि कसैले तलाईं मार्छ भने त्यसलाई म कठोर दण्ड दिनेछु।” तब परमप्रभुले कयिनमाथि यस्तो एउटा चिन्ह लगाउनु भयो जसले गर्दा त्यो देखेपछि कसैले कयिनलाई मार्ने छैन।”
 
Taba paramaprabhulē usalā'ī bhannubhayō, “yastō huna pā'unē chaina! Yadi kasailē talā'īṁ mārcha bhanē tyasalā'ī ma kaṭhōra daṇḍa dinēchu.” Taba paramaprabhulē kayinamāthi yastō ē'uṭā cinha lagā'unu bhayō jasalē gardā tyō dēkhēpachi kasailē kayinalā'ī mārnē chaina.”
16 तब कयिन परमप्रभुको सामुन्नेबाट टाढा गएर अदनको पूर्वपट्टि नोद देशमा बस्न थाल्यो।
 
Taba kayina paramaprabhukō sāmunnēbāṭa ṭāḍhā ga'ēra adanakō pūrvapaṭṭi nōda dēśamā basna thālyō.

The Descendants of Cain

17 कयिनको उसकी पत्नीसित सहवास भयो र तिनी गर्भवती भईन र हनोक नाउँ भएको एउटा छोरा जन्माइन्। अनि कयिनले एउटा शहर बनायो र त्यो शाहरको नाउँ हनोक राख्यो।
 
Kayinakō usakī patnīsita sahavāsa bhayō ra tinī garbhavatī bha'īna ra hanōka nā'um̐ bha'ēkō ē'uṭā chōrā janmā'in. Ani kayinalē ē'uṭā śahara banāyō ra tyō śāharakō nā'um̐ hanōka rākhyō.
18 हनोकको ईराद नाउँको छोरा जन्म्यो। ईरादको एउटा छोरो भयो र उसको नाउँ महूयाएल राखियो। महूयाएलको पनि मतूशाएल नाउँको छोरो भयो अनि मतूशाएलको पनि लेमेक नाउँको छोरो भयो।
 
Hanōkakō īrāda nā'um̐kō chōrā janmyō. Īrādakō ē'uṭā chōrō bhayō ra usakō nā'um̐ mahūyā'ēla rākhiyō. Mahūyā'ēlakō pani matūśā'ēla nā'um̐kō chōrō bhayō ani matūśā'ēlakō pani lēmēka nā'um̐kō chōrō bhayō.
19 लेमेकले दुइवटी स्त्रीहरुसित विवाह गर्यो, तिनीहरुको नाउँ आदा र सिल्ला थियो।
 
Lēmēkalē du'ivaṭī strīharusita vivāha garyō, tinīharukō nā'um̐ ādā ra sillā thiyō.
20 आदाले याबाल नाउँको छोरोलाई जन्म दिइन्। याबाल पालमा बस्ने र गाई-वस्तुहरु पाल्नेहरुको पुर्खा थिए।
 
Ādālē yābāla nā'um̐kō chōrōlā'ī janma di'in. Yābāla pālamā basnē ra gā'ī-vastuharu pālnēharukō purkhā thi'ē.
21 याबालको भाइको नाउँ यूबाल थियो अनि तिनी नै वीणा र बाँसुरी बजाउनेहरु सबैका पुर्खा थिए।
 
Yābālakō bhā'ikō nā'um̐ yūbāla thiyō ani tinī nai vīṇā ra bām̐surī bajā'unēharu sabaikā purkhā thi'ē.
22 सिल्लाले तूबल कयिनलाई जन्माइन् जो सबै प्रकारका पीतल र फलामको हतियारहरु बनाउँथ्यो। तूबल कयिनका बहिनीको नाउँ नामा थियो।
 
Sillālē tūbala kayinalā'ī janmā'in jō sabai prakārakā pītala ra phalāmakō hatiyāraharu banā'um̐thyō. Tūbala kayinakā bahinīkō nā'um̐ nāmā thiyō.
23 लेमेकले आफ्ना पत्नीहरुलाई भने, “हे आदा र सिल्ला! लेमेकका पत्नीहरु हो, म के भन्छु, सुन। मलाई चोट पुर्याउने मानिसलाई मैले मारें, त्यस जवान केटोले मलाई हिर्कायो मैले उसलाई मारें।
 
Lēmēkalē āphnā patnīharulā'ī bhanē, “hē ādā ra sillā! Lēmēkakā patnīharu hō, ma kē bhanchu, suna. Malā'ī cōṭa puryā'unē mānisalā'ī mailē mārēṁ, tyasa javāna kēṭōlē malā'ī hirkāyō mailē usalā'ī mārēṁ.
24 यदि कयिनलाई मारेकोमा सात गुणा बढी दण्ड भयो भने, लेमेकलाई मारेकोमा सतहत्तर गुणा बढी दण्ड हुनेछ।”
 
Yadi kayinalā'ī mārēkōmā sāta guṇā baḍhī daṇḍa bhayō bhanē, lēmēkalā'ī mārēkōmā satahattara guṇā baḍhī daṇḍa hunēcha.”

Seth and Enosh

25 आदमको फेरि आफ्नी पत्नीसित सहवास भयो र तिनले फेरि एउटा छोरो जन्माइन् जसको नाउँ सेत राखियो। तिनले भनिन्, “कयिनले हाबिललाई मारेकोले उसको सट्टामा परमेश्वरले मलाई अर्को बालक दिनु भयो।”
 
Ādamakō phēri āphnī patnīsita sahavāsa bhayō ra tinalē phēri ē'uṭā chōrō janmā'in jasakō nā'um̐ sēta rākhiyō. Tinalē bhanin, “kayinalē hābilalā'ī mārēkōlē usakō saṭṭāmā paramēśvaralē malā'ī arkō bālaka dinu bhayō.”
26 सेतको पनि एउटा छोरो भयो जसको नाउँ एनोश थियो। यही समयदेखि मानिसहरुले परमप्रभुलाई विश्वास गर्न थाले।
 
Sētakō pani ē'uṭā chōrō bhayō jasakō nā'um̐ ēnōśa thiyō. Yahī samayadēkhi mānisaharulē paramaprabhulā'ī viśvāsa garna thālē.

क्रस-सन्दर्भहरू

यस पदका लागि कुनै क्रस-सन्दर्भ उपलब्ध छैन।