PepLamb's Audio Bible
Loading God's Word...
मेरा पाठाहरूलाई खुवाऊ | यूहन्ना 21:15-17
Gen.13.1

अब्रामले उसकी पत्नी, भतिजो लूत अनि तिनीसंग भएका अन्य सबै वस्तुहरू लिएर नेगेब हुँदै मिश्र देश छोडे।
 
Abrāmalē usakī patnī, bhatijō lūta ani tinīsaṅga bha'ēkā an'ya sabai vastuharū li'ēra nēgēba hum̐dai miśra dēśa chōḍē.

उत्पत्ति 13
उत्पत्ति 13:1-9

Abram and Lot Part Ways

1 अब्रामले उसकी पत्नी, भतिजो लूत अनि तिनीसंग भएका अन्य सबै वस्तुहरू लिएर नेगेब हुँदै मिश्र देश छोडे।
 
Abrāmalē usakī patnī, bhatijō lūta ani tinīsaṅga bha'ēkā an'ya sabai vastuharū li'ēra nēgēba hum̐dai miśra dēśa chōḍē.
2 यस समय अब्राम निकै धनी थिए कारण तिनीसँग घेरै गाई-वस्तु र घेरै सुन-चाँदीहरू थिए।
 
Yasa samaya abrāma nikai dhanī thi'ē kāraṇa tinīsam̐ga ghērai gā'ī-vastu ra ghērai suna-cām̐dīharū thi'ē.
3 अब्रामले नेगेब पार गरे अनि बेतेल गए अनि त्यो स्थान बेतेल अनि ऐ शहरहरूको बीचमा आइपुगे।
 
Abrāmalē nēgēba pāra garē ani bētēla ga'ē ani tyō sthāna bētēla ani ai śaharaharūkō bīcamā ā'ipugē.
4 त्यहाँ पाल बनाएका थिए अनि वेदी पनि बनाएका थिए। यसर्थ अब्रामले त्यहाँ परमप्रभुलाई उपासना गरे। अब्राम अनि लूत छुट्टीए
 
Tyahām̐ pāla banā'ēkā thi'ē ani vēdī pani banā'ēkā thi'ē. Yasartha abrāmalē tyahām̐ paramaprabhulā'ī upāsanā garē. Abrāma ani lūta chuṭṭī'ē
5 त्यस समयमा लूत पनि अब्रामसित यात्रा गरिरहेको थियो अनि तिनीसंग पनि पशुहरू र पालहरू धेरै नै थिए।
 
Tyasa samayamā lūta pani abrāmasita yātrā garirahēkō thiyō ani tinīsaṅga pani paśuharū ra pālaharū dhērai nai thi'ē.
6 अब्राम र लूतसित यति धेरै पशुहरू र सरसमानहरू भएकाले जग्गाको अभावले तिनीहरूलाई एकैठाउँ संगै बस्न असम्भव भयो।
 
Abrāma ra lūtasita yati dhērai paśuharū ra sarasamānaharū bha'ēkālē jaggākō abhāvalē tinīharūlā'ī ēkaiṭhā'um̐ saṅgai basna asambhava bhayō.
7 त्यसै समयमा त्यस भूमिमा कनानी परिज्जी मानिसहरू पनि बस्थे। अब्राम र लूतका गोठालाहरू एक-अर्कासंग झगडा गर्न थाले।
 
Tyasai samayamā tyasa bhūmimā kanānī parijjī mānisaharū pani basthē. Abrāma ra lūtakā gōṭhālāharū ēka-arkāsaṅga jhagaḍā garna thālē.
8 यसर्थ अब्रामले लूतलाई भने, “हामीहरू सबै दाज्यू-भाइहरू हौ, यसर्थ तँ र म अथवा तेरा मानिसहरू र मेरा मानिसहरू भनेर झगडा हुनु हुँदैन।
 
Yasartha abrāmalē lūtalā'ī bhanē, “hāmīharū sabai dājyū-bhā'iharū hau, yasartha tam̐ ra ma athavā tērā mānisaharū ra mērā mānisaharū bhanēra jhagaḍā hunu hum̐daina.
9 हामी अलग-अलग बसौं र तँ आफ्नो इच्छा अनुसार ठाउँ रोज, यदि तँ देब्रेतिर गइस् भने म दाहिने तिर जानेछु र यदि तँ दाहिनेतिर गइस् भने म देब्रेतिर जानेछु।”
 
Hāmī alaga-alaga basauṁ ra tam̐ āphnō icchā anusāra ṭhā'um̐ rōja, yadi tam̐ dēbrētira ga'is bhanē ma dāhinē tira jānēchu ra yadi tam̐ dāhinētira ga'is bhanē ma dēbrētira jānēchu.”

Lot Proceeds toward Sodom

10 लूतले भूमि खोजे अनि यर्दन नदीको बेंसीमा चाँहि पानी प्रशस्त भएको पाए। (यो परमप्रभुले सदोम र गमोरा ध्वंश पार्नु भन्दा अघिको कुरो हो। त्यस समयमा सोअरपट्टी यर्दनको बेंसी परमप्रभुको बगैंचा जस्तै थियो। यो भूमि मिश्रदेशको झैं राम्रो थियो।)
 
Lūtalē bhūmi khōjē ani yardana nadīkō bēnsīmā cām̐hi pānī praśasta bha'ēkō pā'ē. (Yō paramaprabhulē sadōma ra gamōrā dhvanśa pārnu bhandā aghikō kurō hō. Tyasa samayamā sō'arapaṭṭī yardanakō bēnsī paramaprabhukō bagain̄cā jastai thiyō. Yō bhūmi miśradēśakō jhaiṁ rāmrō thiyō.)
11 यसर्थ लूतले आफू बस्नको निम्ति यही भूमि रोजे र ती दुइ व्यक्तिहरू छुट्टीए अनि लूतले पूर्वतिर यात्रा शुरू गरे।
 
Yasartha lūtalē āphū basnakō nimti yahī bhūmi rōjē ra tī du'i vyaktiharū chuṭṭī'ē ani lūtalē pūrvatira yātrā śurū garē.
12 अब्राम कनान भूमिमा रहे भने लूत बेंसीको शहरहरूमाझ बसे। लूत सदोमतिर निकै पर दक्षिणपट्टी गए अनि त्यही आफ्नो पाल बनाए।
 
Abrāma kanāna bhūmimā rahē bhanē lūta bēnsīkō śaharaharūmājha basē. Lūta sadōmatira nikai para dakṣiṇapaṭṭī ga'ē ani tyahī āphnō pāla banā'ē.
13 सदोमका मानिसहरू परमप्रभुको नजरमा अत्यन्तै दुष्ट थिए।
 
Sadōmakā mānisaharū paramaprabhukō najaramā atyantai duṣṭa thi'ē.

God Renews the Promise to Abram

14 लूत गएपछि परमप्रभुले अब्रामलाई भन्नुभयो, “आफ्नो वरिपरि हेर, उत्तर, दक्षिण पूर्व, पश्चिमतिर हेर।
 
Lūta ga'ēpachi paramaprabhulē abrāmalā'ī bhannubhayō, “āphnō varipari hēra, uttara, dakṣiṇa pūrva, paścimatira hēra.
15 किनभने म तिमीलाई सम्पूर्ण भूमि दिनेछु जो तिम्रो आफ्नो आउँदो पुस्ताकोलागि हुनेछ अनि यो सदाका लागि तिम्रो भूमि हुनेछ।
 
Kinabhanē ma timīlā'ī sampūrṇa bhūmi dinēchu jō timrō āphnō ā'um̐dō pustākōlāgi hunēcha ani yō sadākā lāgi timrō bhūmi hunēcha.
16 म तिम्रो सन्तानहरूलाई पृथ्वीको धूलो जस्तै गन्न नसकिने बनाउनेछु। जसरी पृथ्वीमा धूलो गन्न सकिंदैन अनि त्यसतै प्रकारले तिम्रो सन्तानहरूलाई गन्न सकिने छैन।
 
Ma timrō santānaharūlā'ī pr̥thvīkō dhūlō jastai ganna nasakinē banā'unēchu. Jasarī pr̥thvīmā dhūlō ganna sakindaina ani tyasatai prakāralē timrō santānaharūlā'ī ganna sakinē chaina.
17 यसर्थ अघि बढ, आफ्नो सम्पूर्ण भूमिमा हिंड किनभने मैले यो तँलाईं दिएको छु।”
 
Yasartha aghi baḍha, āphnō sampūrṇa bhūmimā hiṇḍa kinabhanē mailē yō tam̐lā'īṁ di'ēkō chu.”
18 यसरी अब्रामले आफ्नो पालहरू हटाए अनि हेब्रोनमा माम्रे फँलाटका रूखहरु भएकहाँ गए। अब्रामले त्यस ठाउँमा परमप्रभुको आराधना गर्नको लागि एउटा वेदी बनाए।
 
Yasarī abrāmalē āphnō pālaharū haṭā'ē ani hēbrōnamā māmrē pham̐lāṭakā rūkhaharu bha'ēkahām̐ ga'ē. Abrāmalē tyasa ṭhā'um̐mā paramaprabhukō ārādhanā garnakō lāgi ē'uṭā vēdī banā'ē.

क्रस-सन्दर्भहरू

यस पदका लागि कुनै क्रस-सन्दर्भ उपलब्ध छैन।