PepLamb's Audio Bible
Loading God's Word...
मेरा पाठाहरूलाई खुवाऊ | यूहन्ना 21:15-17
Gen.10.1

नूहका छोराहरु शेम, हाम र येपेत थिए र यिनीहरुको पारिवारिक इतिहास यही हो। नूहको छोराहरुका धेरै सन्तानहरु भए। येपेतका सन्तानहरु
 
Nūhakā chōrāharu śēma, hāma ra yēpēta thi'ē ra yinīharukō pārivārika itihāsa yahī hō. Nūhakō chōrāharukā dhērai santānaharu bha'ē. Yēpētakā santānaharu

उत्पत्ति 10
उत्पत्ति 10:1-32

The Table of Nations

1 नूहका छोराहरु शेम, हाम र येपेत थिए र यिनीहरुको पारिवारिक इतिहास यही हो। नूहको छोराहरुका धेरै सन्तानहरु भए। येपेतका सन्तानहरु
 
Nūhakā chōrāharu śēma, hāma ra yēpēta thi'ē ra yinīharukō pārivārika itihāsa yahī hō. Nūhakō chōrāharukā dhērai santānaharu bha'ē. Yēpētakā santānaharu
The Japhethites
2 येपेतका छोराहरु थिए गोमेर, मागोग, मादे, यावान, तूबल, मेशेक र तीरास।
 
Yēpētakā chōrāharu thi'ē gōmēra, māgōga, mādē, yāvāna, tūbala, mēśēka ra tīrāsa.
3 गोमेरका छोराहरु थिए अशकनज, रीपत र तोगर्मा
 
Gōmērakā chōrāharu thi'ē aśakanaja, rīpata ra tōgarmā
4 याबानका छोराहरु थिए-एलीशा, तर्शोश, कित्तीम र दोदानीम।
 
Yābānakā chōrāharu thi'ē-ēlīśā, tarśōśa, kittīma ra dōdānīma.
5 तिनीहरुबाटै समुद्रतट वासीहरु फिंजिए। तिनीहरुको देशभित्र आफ्नो भाषा र जाति अनुसार फिंजिए। यी सबै येपेतका छोराहरु थिए। हामका सन्तानहरु
 
Tinīharubāṭai samudrataṭa vāsīharu phin̄ji'ē. Tinīharukō dēśabhitra āphnō bhāṣā ra jāti anusāra phin̄ji'ē. Yī sabai yēpētakā chōrāharu thi'ē. Hāmakā santānaharu
The Hamites
6 हामका छोराहरु थिए कूश, मिश्र, पूत र कनान।
 
Hāmakā chōrāharu thi'ē kūśa, miśra, pūta ra kanāna.
7 कूशका छोहरु थिए-सबा, हवीला, सबता, रामा र सबतका। रामाका छोराहरु थिए-शबा र ददान।
 
Kūśakā chōharu thi'ē-sabā, havīlā, sabatā, rāmā ra sabatakā. Rāmākā chōrāharu thi'ē-śabā ra dadāna.
8 निम्रोद कूशको छोरा थियो। निम्रोद ज्यादै शक्तिशाली योद्धा बनिने पहिले मानिस थिए।
 
Nimrōda kūśakō chōrā thiyō. Nimrōda jyādai śaktiśālī yōd'dhā baninē pahilē mānisa thi'ē.
9 परमप्रभुको महान योद्धा शिकारीहरु मध्ये एकजना थिए। त्यसकारण मानिसहरु निम्रोदसित तुलना गर्छन् अनि भन्दछन्, “यो मानिस परमप्रभुको दृष्टिमा निम्रोद जस्तै राम्रो शिकारी हो।”
 
Paramaprabhukō mahāna yōd'dhā śikārīharu madhyē ēkajanā thi'ē. Tyasakāraṇa mānisaharu nimrōdasita tulanā garchan ani bhandachan, “yō mānisa paramaprabhukō dr̥ṣṭimā nimrōda jastai rāmrō śikārī hō.”
10 शुरूमा तिनको राज्य शिनारको बाबेल, एरेक, अक्कद र कल्ने थियो।
 
Śurūmā tinakō rājya śinārakō bābēla, ērēka, akkada ra kalnē thiyō.
11 यहाँबाट तिनी अश्शूर गए अनि नीनवे, रहोबोतीर र कालह शहरहरु बनाए।
 
Yahām̐bāṭa tinī aśśūra ga'ē ani nīnavē, rahōbōtīra ra kālaha śaharaharu banā'ē.
12 कालह र नीनवे माझ तिनले शहर रेसेन बनाए। ती शहरहरु मध्ये कालह सबै भन्दा ठूलो थियो।
 
Kālaha ra nīnavē mājha tinalē śahara rēsēna banā'ē. Tī śaharaharu madhyē kālaha sabai bhandā ṭhūlō thiyō.
13 मिश्र, लूद, अनाम, लहाब, नप्तूह,
14 पत्रुस, कसलू अनि कपतोर मानिसहरुका पिता थिए। (पलिश्ती मानिसहरु कसलूका सन्तान थिए।)
 
Patrusa, kasalū ani kapatōra mānisaharukā pitā thi'ē. (Paliśtī mānisaharu kasalūkā santāna thi'ē.)
15 कनान सीदोनका पिता थिए र त्यो नै कनानका जेठो छोरो थियो। कनान हेत मानिसहरूका पिता थिए।
 
Kanāna sīdōnakā pitā thi'ē ra tyō nai kanānakā jēṭhō chōrō thiyō. Kanāna hēta mānisaharūkā pitā thi'ē.
16 कनानबाट हित्ती, यबूसी, एमोरी, गिर्गाशी,
17 हिब्बा, अर्कोत र सिनीत मानिसहरु,
 
Hibbā, arkōta ra sinīta mānisaharu,
18 अर्वादी, समारी र हमाती मानिसहरु उत्पन्न भए। यसरी कनानका सन्तानहरु संसारका जताततै फिंजिए।
 
Arvādī, samārī ra hamātī mānisaharu utpanna bha'ē. Yasarī kanānakā santānaharu sansārakā jatātatai phin̄ji'ē.
19 कनानी मानिसहरुको भूमिको सिमाना उत्तरमा सीदोनदेखि दक्षिणमा गरारसम्म, पश्चिममा गाजादेखि सदोमसम्म र पूर्वमा गमोरा, अदाम र सबोयीमदेखि लाशासम्म थियो।
 
Kanānī mānisaharukō bhūmikō simānā uttaramā sīdōnadēkhi dakṣiṇamā garārasam'ma, paścimamā gājādēkhi sadōmasam'ma ra pūrvamā gamōrā, adāma ra sabōyīmadēkhi lāśāsam'ma thiyō.
20 ती सब मानिसहरु हामका सन्तान थिए र ती सबै मानिसहरुको आफ्नो-आफ्नो भाषा र आफ्नै भूमि थियो र तिनीहरुको एउटा अलगै राज्य थियो।
 
Tī saba mānisaharu hāmakā santāna thi'ē ra tī sabai mānisaharukō āphnō-āphnō bhāṣā ra āphnai bhūmi thiyō ra tinīharukō ē'uṭā alagai rājya thiyō.
The Semites
21 शेम येपेतका जेठा दाज्यू थिए। शेमका सन्तानहरुमा एक जना एबेर सबै हिब्रु मानिसहरुका पिता थिए।
 
Śēma yēpētakā jēṭhā dājyū thi'ē. Śēmakā santānaharumā ēka janā ēbēra sabai hibru mānisaharukā pitā thi'ē.
22 शेमका छोराहरु एलाम, अश्शूर, अर्पक्षद, लूद अराम थिए।
 
Śēmakā chōrāharu ēlāma, aśśūra, arpakṣada, lūda arāma thi'ē.
23 अरामका छोराहरु ऊज, हुल, गेतेर अनि मश थिए।
 
Arāmakā chōrāharu ūja, hula, gētēra ani maśa thi'ē.
24 अर्पक्षद शेलहका पिता थिए, शेलह एबेरका पिता थिए थिए,
 
Arpakṣada śēlahakā pitā thi'ē, śēlaha ēbērakā pitā thi'ē thi'ē,
25 एबेर दुइजना छोराहरूका पिता थिए जसमा एकजनाको नाउँ पेलेग थियो। उसलाई पेलेग नाउँ राखिएको कारण उसकै जीवनकालमा पृथ्वी विभक्त भएको थियो। अर्को छोरोको नाउँ योक्तान थियो।
 
Ēbēra du'ijanā chōrāharūkā pitā thi'ē jasamā ēkajanākō nā'um̐ pēlēga thiyō. Usalā'ī pēlēga nā'um̐ rākhi'ēkō kāraṇa usakai jīvanakālamā pr̥thvī vibhakta bha'ēkō thiyō. Arkō chōrōkō nā'um̐ yōktāna thiyō.
26 योक्तान अल्मोदाद, शेलेप, हसर्मवित र येरह,
 
Yōktāna almōdāda, śēlēpa, hasarmavita ra yēraha,
27 हदोराम, ऊजाल, दिक्ला,
28 ओबाल, अबमाएल, शबा,
29 ओपीर, हवीला अनि योबाबको पिता थिए। यी सबै मानिसहरु योक्तानका छोराहरू थिए।
 
Ōpīra, havīlā ani yōbābakō pitā thi'ē. Yī sabai mānisaharu yōktānakā chōrāharū thi'ē.
30 ती सबै मानिसहरू मेशा र पूर्वमा पहाडी भूमि इलाकामा बसो बास गर्थे। मेशा सापारा भूमितिर पर्थ्यो।
 
Tī sabai mānisaharū mēśā ra pūrvamā pahāḍī bhūmi ilākāmā basō bāsa garthē. Mēśā sāpārā bhūmitira parthyō.
31 ती मानिसहरु शेमको परिवारका थिए। तिनीहरु आफ्नो वंश, परिवार, भाषा, भूमि र राष्टमा गठित थिए।
 
Tī mānisaharu śēmakō parivārakā thi'ē. Tinīharu āphnō vanśa, parivāra, bhāṣā, bhūmi ra rāṣṭamā gaṭhita thi'ē.
32 नूहका सन्तानको वंश अनुसार तिनीहरुका जातिहरु यी नै थिए। यिनीहरु आफ्ना आफ्ना राष्ट्रमा गठित थिए अनि जल-प्रलय पछि तिनीहरूबाट नै पृथ्वीमा सबै मानिसहरु फिंजिएका थिए।
 
Nūhakā santānakō vanśa anusāra tinīharukā jātiharu yī nai thi'ē. Yinīharu āphnā āphnā rāṣṭramā gaṭhita thi'ē ani jala-pralaya pachi tinīharūbāṭa nai pr̥thvīmā sabai mānisaharu phin̄ji'ēkā thi'ē.

क्रस-सन्दर्भहरू

यस पदका लागि कुनै क्रस-सन्दर्भ उपलब्ध छैन।