PepLamb's Audio Bible
Loading God's Word...
मेरा पाठाहरूलाई खुवाऊ | यूहन्ना 21:15-17
Gen.1.1

आरम्भमा परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नु भयो।
 
Ārambhamā paramēśvaralē ākāśa ra pr̥thvī sr̥ṣṭi garnu bhayō.

उत्पत्ति 1
उत्पत्ति 1:1-31
उत्पत्ति 1:1-2

The Creation

Heaven and Earth
1 आरम्भमा परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नु भयो।
 
Ārambhamā paramēśvaralē ākāśa ra pr̥thvī sr̥ṣṭi garnu bhayō.
2 पृथ्वी शून्य थियो, पृथ्वीमा केही पनि थिएन। समुद्रलाई अँध्यारोले ढाकेको थियो अनि परमेश्वरको आत्मा पानीमाथि परिभ्रमण गरिरहन्थ्यो।
 
Pr̥thvī śūn'ya thiyō, pr̥thvīmā kēhī pani thi'ēna. Samudralā'ī am̐dhyārōlē ḍhākēkō thiyō ani paramēśvarakō ātmā pānīmāthi paribhramaṇa garirahanthyō.
The First Day—Light
3 तब परमेश्वरले भन्नुभयो, “उज्यालो होस्!” अनि उज्यालो चम्कन थाल्यो।
 
Taba paramēśvaralē bhannubhayō, “ujyālō hōs!” Ani ujyālō camkana thālyō.
4 परमेश्वरले उज्यालो देख्नु भयो अनि त्यसलाई असल मान्नु भयो। तब परमेश्वरले उज्यालो र अँध्यारोलाई छुट्याउनु भयो।
 
Paramēśvaralē ujyālō dēkhnu bhayō ani tyasalā'ī asala mānnu bhayō. Taba paramēśvaralē ujyālō ra am̐dhyārōlā'ī chuṭyā'unu bhayō.
5 परमेश्वरले उज्यालोलाई “दिन” र अँध्यारोलाई “रात” नाउँ दिनु भयो। साँझ पर्यो अनि बिहान भयो। यो पहिलो दिन थियो।
 
Paramēśvaralē ujyālōlā'ī “dina” ra am̐dhyārōlā'ī “rāta” nā'um̐ dinu bhayō. Sām̐jha paryō ani bihāna bhayō. Yō pahilō dina thiyō.
The Second Day—Heaven
6 तब परमेश्वरले भन्नुभयो, “पानीलाई दुइ भाग पार्न त्यहाँ बतास होस्!”
 
Taba paramēśvaralē bhannubhayō, “pānīlā'ī du'i bhāga pārna tyahām̐ batāsa hōs!”
7 यसर्थ परमेश्वरले त्यहाँ बतास सृष्टि गर्नुभयो अनि पानी छुट्टियो। केही पानी बतासमाथि रहयो अनि केही पानी बतास मुनि।
 
Yasartha paramēśvaralē tyahām̐ batāsa sr̥ṣṭi garnubhayō ani pānī chuṭṭiyō. Kēhī pānī batāsamāthi rahayō ani kēhī pānī batāsa muni.
8 परमेश्वरले त्यस बतासलाई “आकाश” नाउँ दिनु भयो। साँझ पर्यो अनि बिहान भयो। यो दोस्रो दिन थियो। तेस्रो दिन - सुख्खा भूमि र उद्भिद
 
Paramēśvaralē tyasa batāsalā'ī “ākāśa” nā'um̐ dinu bhayō. Sām̐jha paryō ani bihāna bhayō. Yō dōsrō dina thiyō. Tēsrō dina - sukhkhā bhūmi ra udbhida
The Third Day—Earth, Seas and Plants
9 तब परमेश्वरले भन्नुभयो, “आकाश मुनिको पानी एकै ठाउँमा जम्मा होस्, र त्यहाँ सुख्खा भूमि देखियोस्।” अनि त्यस्तै भयो।
 
Taba paramēśvaralē bhannubhayō, “ākāśa munikō pānī ēkai ṭhā'um̐mā jam'mā hōs, ra tyahām̐ sukhkhā bhūmi dēkhiyōs.” Ani tyastai bhayō.
10 त्यो सुख्खा भूमिलाई परमेश्वरले “पृथ्वी” नाउँ राख्नु भयो। अनि एकै ठाउँमा जम्मा भएको पानीलाई “समुद्र” नाउँ राख्नु भयो। परमेश्वरलाई यस्तो भएकोमा असल लाग्यो।
 
Tyō sukhkhā bhūmilā'ī paramēśvaralē “pr̥thvī” nā'um̐ rākhnu bhayō. Ani ēkai ṭhā'um̐mā jam'mā bha'ēkō pānīlā'ī “samudra” nā'um̐ rākhnu bhayō. Paramēśvaralā'ī yastō bha'ēkōmā asala lāgyō.
11 तब परमेश्वरले भन्नुभयो, “पृथ्वीमा घाँस, अन्न उत्पन्न गर्ने उद्भिद तथा फल हुने बोटहरु उम्रियोस्। फल-रूखहरुले बीउ भएका फल फलाउने छन्। अनि प्रत्येक रूखले आफ्नै जातिका बीउ उब्जाउनेछ। यी उद्भिदहरू पृथवीमा उम्रिउन्।” अनि यस्तै भयो।
 
Taba paramēśvaralē bhannubhayō, “pr̥thvīmā ghām̐sa, anna utpanna garnē udbhida tathā phala hunē bōṭaharu umriyōs. Phala-rūkhaharulē bī'u bha'ēkā phala phalā'unē chan. Ani pratyēka rūkhalē āphnai jātikā bī'u ubjā'unēcha. Yī udbhidaharū pr̥thavīmā umri'un.” Ani yastai bhayō.
12 पृथ्वीमा घाँस र उद्भिदहरू उम्रे अनि अन्नहरू फले। अनि पृथ्वीमा फलभित्र बीउहरु हुने फल फल्ने रुखहरु उम्रिए। प्रत्येक उद्भिदले आफ्नै प्रकारको बीउहरु सिर्जना गरे। अनि परमेश्वरले यिनलाई देखेर असल मान्नु भयो।
 
Pr̥thvīmā ghām̐sa ra udbhidaharū umrē ani annaharū phalē. Ani pr̥thvīmā phalabhitra bī'uharu hunē phala phalnē rukhaharu umri'ē. Pratyēka udbhidalē āphnai prakārakō bī'uharu sirjanā garē. Ani paramēśvaralē yinalā'ī dēkhēra asala mānnu bhayō.
13 साँझ पर्यो अनि बिहान भयो। यो तेस्रो दिन थियो।
 
Sām̐jha paryō ani bihāna bhayō. Yō tēsrō dina thiyō.
The Fourth Day—Sun, Moon, and Stars
14 तब परमेश्वरले भन्नुभयो, “आकाशमा उज्यालो होस्। यी उज्यालाहरुले दिनहरुबाट रातहरुलाई छुट्‌याउनेछन्। यो उज्यालाहरुलाई विशेष चिन्हहरुको निम्ति प्रयोग गरिनेछन् र यिनीहरुले सभाहरु कहिले हुने बताउनेछन्। अनि यिनीहरुलाई दिनहरु र वर्षहरु बताउनमा प्रयोग गरिनेछ।
 
Taba paramēśvaralē bhannubhayō, “ākāśamā ujyālō hōs. Yī ujyālāharulē dinaharubāṭa rātaharulā'ī chuṭ‌yā'unēchan. Yō ujyālāharulā'ī viśēṣa cinhaharukō nimti prayōga garinēchan ra yinīharulē sabhāharu kahilē hunē batā'unēchan. Ani yinīharulā'ī dinaharu ra varṣaharu batā'unamā prayōga garinēcha.
15 यी उज्यालाहरु पृथ्वीमा ज्योति चम्काउनको निम्ति आकाशमा रहनेछन्।” अनि यस्तै भयो।
 
Yī ujyālāharu pr̥thvīmā jyōti camkā'unakō nimti ākāśamā rahanēchan.” Ani yastai bhayō.
16 यसर्थ परमेश्वरले दुईवटा ठूला-ठूला प्रकाश पुञ्जहरु निर्माण गर्नुभयो। दिनमा प्रयोग गर्नको निम्ति परमेश्वरले ठूलो प्रकाश-पुञ्ज बनाउनु भयो अनि रातको निम्ति सानो प्रकाश-पुञ्ज बनाउनु भयो। परमेश्वरले ताराहरु पनि सृष्टि गर्नु भयो।
 
Yasartha paramēśvaralē du'īvaṭā ṭhūlā-ṭhūlā prakāśa puñjaharu nirmāṇa garnubhayō. Dinamā prayōga garnakō nimti paramēśvaralē ṭhūlō prakāśa-puñja banā'unu bhayō ani rātakō nimti sānō prakāśa-puñja banā'unu bhayō. Paramēśvaralē tārāharu pani sr̥ṣṭi garnu bhayō.
17 पृथ्वीलाई उज्यालो पार्नको निम्ति यी प्रकाश-पुञ्जहरु परमेश्वरले आकाशमा राख्नु भयो।
 
Pr̥thvīlā'ī ujyālō pārnakō nimti yī prakāśa-puñjaharu paramēśvaralē ākāśamā rākhnu bhayō.
18 यसकारण उहाँले तिनीहरुलाई आकाशमा दिन र रातमाथि शासन गाराउनु भयो। यी प्रकाश पुञ्जहरुले अँध्यारोबाट उज्यालो छुट्याए अनि परमेश्वरलाई यो असल लाग्यो।
 
Yasakāraṇa uhām̐lē tinīharulā'ī ākāśamā dina ra rātamāthi śāsana gārā'unu bhayō. Yī prakāśa puñjaharulē am̐dhyārōbāṭa ujyālō chuṭyā'ē ani paramēśvaralā'ī yō asala lāgyō.
19 त्यहाँ साँझ पर्यो र फेरि अर्को बिहान भयो। यो चौथो दिन थियो।
 
Tyahām̐ sām̐jha paryō ra phēri arkō bihāna bhayō. Yō cauthō dina thiyō.
The Fifth Day—Fish and Birds
20 तब परमेश्वरले भन्नुभयो, “पानी धेरै-धेरै प्राणीहरुले भरियोस्।” अनि पृथ्वीमाथि आकाशको फैलावटमा चरा चुरुङ्गीहरु उड्न थाले।
 
Taba paramēśvaralē bhannubhayō, “pānī dhērai-dhērai prāṇīharulē bhariyōs.” Ani pr̥thvīmāthi ākāśakō phailāvaṭamā carā curuṅgīharu uḍna thālē.
21 यसर्थ परमेश्वरले सामुद्रिक ठूला-ठूला प्राणीहरु र पानीमा पौडिने विभिन्न प्रकारका जीव जन्तुहरु सृष्टि गर्नुभयो। परमेश्वरले आकाशमा उड्ने जाति-जातिका प्राणीहरु सृष्टि गर्नुभयो। पृथ्वीमा जलचर र थलचर विभिन्न प्रकारका प्राणीहरु परमेश्वरले सृष्टि गरी हेर्नु भयो र ती सबै असल लाग्यो।
 
Yasartha paramēśvaralē sāmudrika ṭhūlā-ṭhūlā prāṇīharu ra pānīmā pauḍinē vibhinna prakārakā jīva jantuharu sr̥ṣṭi garnubhayō. Paramēśvaralē ākāśamā uḍnē jāti-jātikā prāṇīharu sr̥ṣṭi garnubhayō. Pr̥thvīmā jalacara ra thalacara vibhinna prakārakā prāṇīharu paramēśvaralē sr̥ṣṭi garī hērnu bhayō ra tī sabai asala lāgyō.
22 परमेश्वरले यी सबै प्राणीहरुलाई आशीर्वाद दिएर भन्नुभयो, पानीका प्राणीहरुले धेरै बच्चाहरु जन्माएर समुद्र भरियोस् अनि भूमिमा पनि चरा-चुरुङ्गीहरुले धेरै-धेरै बच्चाहरु जन्माएर पृथ्वी भरियोस्।
 
Paramēśvaralē yī sabai prāṇīharulā'ī āśīrvāda di'ēra bhannubhayō, pānīkā prāṇīharulē dhērai baccāharu janmā'ēra samudra bhariyōs ani bhūmimā pani carā-curuṅgīharulē dhērai-dhērai baccāharu janmā'ēra pr̥thvī bhariyōs.
23 त्यहाँ साँझ पर्यो र फेरि अर्कौ बिहान भयो। यो पाँचौ दिन थियो।
 
Tyahām̐ sām̐jha paryō ra phēri arkau bihāna bhayō. Yō pām̐cau dina thiyō.
The Sixth Day—Land Animals and Mankind
24 परमेश्वरले भन्नुभयो, “पृथवीले धेरै प्रकारका जीवित चीजहरु बनाओस्। त्यहाँ घरेलु पशुहरु, घस्त्रने जन्तुहरु अनि सबै प्रकारको जङ्गली जनावरहरु रहोस्।” अनि परमेश्वरले इच्छा गर्नु भएझैं नै यी सबै भए।
 
Paramēśvaralē bhannubhayō, “pr̥thavīlē dhērai prakārakā jīvita cījaharu banā'ōs. Tyahām̐ gharēlu paśuharu, ghastranē jantuharu ani sabai prakārakō jaṅgalī janāvaraharu rahōs.” Ani paramēśvaralē icchā garnu bha'ējhaiṁ nai yī sabai bha'ē.
25 यसर्थ परमेश्वरले जङ्गली जनावरहरु, पाल्तू जनावर, सा-साना घस्रने जनावर विभिन्न प्रकारका प्राणीहरु सृष्टि गरेर हेर्दा उहाँलाई राम्रो लाग्यो।
 
Yasartha paramēśvaralē jaṅgalī janāvaraharu, pāltū janāvara, sā-sānā ghasranē janāvara vibhinna prakārakā prāṇīharu sr̥ṣṭi garēra hērdā uhām̐lā'ī rāmrō lāgyō.
26 तब परमेश्वरले भन्नुभयो, “अब हामी मानिस सृष्टि गरौं। हामी मानिस हाम्रै स्वरुप बनाउनेछौं र मानिस हामी जस्तै हुनेछन्। तिनीहरुले जलचर, नभचर, स्थलचरमा ठूला साना अनि घस्रने सबै प्राणीहरुमाथि शासन गर्नैछन्।”
 
Taba paramēśvaralē bhannubhayō, “aba hāmī mānisa sr̥ṣṭi garauṁ. Hāmī mānisa hāmrai svarupa banā'unēchauṁ ra mānisa hāmī jastai hunēchan. Tinīharulē jalacara, nabhacara, sthalacaramā ṭhūlā sānā ani ghasranē sabai prāṇīharumāthi śāsana garnaichan.”
27 यसर्थ परमेश्वरले आफ्नै प्रतिरूपमा मानिसलाई सृष्टि गर्नुभयो। परमेश्वरले आफ्नै स्वरुपमा मानिसलाई सृष्टि गर्नु भयो। उहाँले पुरुष र स्त्री सृष्टि गर्नुभयो।
 
Yasartha paramēśvaralē āphnai pratirūpamā mānisalā'ī sr̥ṣṭi garnubhayō. Paramēśvaralē āphnai svarupamā mānisalā'ī sr̥ṣṭi garnu bhayō. Uhām̐lē puruṣa ra strī sr̥ṣṭi garnubhayō.
28 परमेश्वरले तिनीहरुलाई आशीर्वाद दिंदै भन्नुभयो, “धेरै सन्तानहरु उत्पति गराऊ र पृथवी भरेर तिनीहरुको हेरचाह गर। समुद्रका माछाहरु, आकाशमा उड्ने चराहरु अनि पृथ्वीमा हिँडडुल गर्ने, सबै प्राणीहरुमाथि शासन गर।”
 
Paramēśvaralē tinīharulā'ī āśīrvāda dindai bhannubhayō, “dhērai santānaharu utpati garā'ū ra pr̥thavī bharēra tinīharukō hēracāha gara. Samudrakā māchāharu, ākāśamā uḍnē carāharu ani pr̥thvīmā him̐ḍaḍula garnē, sabai prāṇīharumāthi śāsana gara.”
29 “म तिमीहरुलाई अन्न हुने उद्भिद र फल फल्ने रूखहरु दिन्छु। ती रुखहरुले आफैं भित्र फेरि उम्रने बीउ भएका फलहरु दिनेछन् र यी अन्न र फलहरु तिमीहरुको निम्ति खाद्य-पदार्थ हुनेछन्।
 
“Ma timīharulā'ī anna hunē udbhida ra phala phalnē rūkhaharu dinchu. Tī rukhaharulē āphaiṁ bhitra phēri umranē bī'u bha'ēkā phalaharu dinēchan ra yī anna ra phalaharu timīharukō nimti khādya-padārtha hunēchan.
30 म फेरि पशुहरुलाई खानका निम्ति हरियो घाँस तथा उद्भिद दिनेछु र पृथ्वीमा भएका प्रत्येक सा-साना घस्रने प्राणीहरु, आकाशमा उड्ने चराहरु अनि पृथ्वीका सबै जनावरहरुले, यी चीजहरु खानेछन्।” अनि यस्तै भयो।
 
Ma phēri paśuharulā'ī khānakā nimti hariyō ghām̐sa tathā udbhida dinēchu ra pr̥thvīmā bha'ēkā pratyēka sā-sānā ghasranē prāṇīharu, ākāśamā uḍnē carāharu ani pr̥thvīkā sabai janāvaraharulē, yī cījaharu khānēchan.” Ani yastai bhayō.
31 परमेश्वरले आफूले सृष्टि गरेका प्रत्येक चीजको निरीक्षण गर्नु भयो अनि सबै असल लाग्यो। त्यहाँ साँझ पर्यो र फेरि अर्को बिहान भयो। यो छैटौं दिन थियो।
 
Paramēśvaralē āphūlē sr̥ṣṭi garēkā pratyēka cījakō nirīkṣaṇa garnu bhayō ani sabai asala lāgyō. Tyahām̐ sām̐jha paryō ra phēri arkō bihāna bhayō. Yō chaiṭauṁ dina thiyō.
उत्पत्ति १:१ का लागि चित्रणउत्पत्ति १:१ का लागि चित्रण

क्रस-सन्दर्भहरू

यस पदका लागि कुनै क्रस-सन्दर्भ उपलब्ध छैन।