PepLamb's Audio Bible
Loading God's Word...
मेरा पाठाहरूलाई खुवाऊ | यूहन्ना 21:15-17
Gen.9.1
NCV परमेश्वर

तब परमेश्‍वरले यसो भन्दै नोआ र तिनका छोराहरूलाई आशिष् दिनुभयो, “फल्दै-फुल्दै, संख्यामा वृद्धि हुँदै र पृथ्वीमा भरिँदै जाओ।
 
Taba paramēśvaralē yasō bhandai nō'ā ra tinakā chōrāharūlā'ī āśiṣ dinubhayō, “phaldai-phuldai, saṅkhyāmā vr̥d'dhi hum̐dai ra pr̥thvīmā bharim̐dai jā'ō.

उत्पत्ति 9
उत्पत्ति 9:1-17
उत्पत्ति 9:1-29

The Covenant of the Rainbow

Covenant of the Rainbow
1 तब परमेश्‍वरले यसो भन्दै नोआ र तिनका छोराहरूलाई आशिष् दिनुभयो, “फल्दै-फुल्दै, संख्यामा वृद्धि हुँदै र पृथ्वीमा भरिँदै जाओ।
 
Taba paramēśvaralē yasō bhandai nō'ā ra tinakā chōrāharūlā'ī āśiṣ dinubhayō, “phaldai-phuldai, saṅkhyāmā vr̥d'dhi hum̐dai ra pr̥thvīmā bharim̐dai jā'ō.
2 पृथ्वीका सबै पशुहरू र आकाशका सबै चराचुरुङ्गीहरू, जमिनमा चलहल गर्ने प्रत्येक प्राणी, र समुद्रका सबै माछाहरूमाथि तिमीहरूको भय र त्रास रहनेछ; तिनीहरू तिमीहरूका हातमा सुम्पिएका छन्।
 
Pr̥thvīkā sabai paśuharū ra ākāśakā sabai carācuruṅgīharū, jaminamā calahala garnē pratyēka prāṇī, ra samudrakā sabai māchāharūmāthi timīharūkō bhaya ra trāsa rahanēcha; tinīharū timīharūkā hātamā sumpi'ēkā chan.
3 हरेक जीवित प्राणी तिमीहरूको भोजनको निम्ति हुनेछ। मैले तिमीहरूलाई हरियो सागपात दिएझैँ, अब तिमीहरूलाई सबै थोक दिन्छु।
 
Harēka jīvita prāṇī timīharūkō bhōjanakō nimti hunēcha. Mailē timīharūlā'ī hariyō sāgapāta di'ējhaim̐, aba timīharūlā'ī sabai thōka dinchu.
4 “तर तिमीहरूले मासुसँग रगतचाहिँ नखानू, जसमा त्यसको जीवन हुन्छ।
 
“Tara timīharūlē māsusam̐ga ragatacāhim̐ nakhānū, jasamā tyasakō jīvana huncha.
5 तिमीहरूका जीवन अर्थात् रगत लिनेको निश्‍चय नै म लेखा लिनेछु। म हरेक पशुबाट प्राणको लेखा लिनेछु; र हरेक मानिसबाट पनि, अरू मानिसका प्राणको लेखा म लिनेछु।
 
Timīharūkā jīvana arthāt ragata linēkō niścaya nai ma lēkhā linēchu. Ma harēka paśubāṭa prāṇakō lēkhā linēchu; ra harēka mānisabāṭa pani, arū mānisakā prāṇakō lēkhā ma linēchu.
6 “जसले मानिसको रक्तपात गर्छ, मानिसबाटै त्यसको पनि रक्तपात हुनेछ; किनकि परमेश्‍वरले मानिसलाई आफ्नै स्वरूपमा बनाउनुभएको हो।
7 तर तिमीहरूचाहिँ फल्दै-फुल्दै र संख्यामा वृद्धि हुँदै जानू; र पृथ्वीमा फैलिँदै र यसमा बढ्दै जानू।”
 
Tara timīharūcāhim̐ phaldai-phuldai ra saṅkhyāmā vr̥d'dhi hum̐dai jānū; ra pr̥thvīmā phailim̐dai ra yasamā baḍhdai jānū.”
8 तब परमेश्‍वरले नोआ र तिनीसँग भएका छोराहरूलाई भन्‍नुभयो:
 
Taba paramēśvaralē nō'ā ra tinīsam̐ga bha'ēkā chōrāharūlā'ī bhannubhayō:
9 “अब म तिमीहरूसँग र तिमीहरू पछिका सन्तानहरूसँग मेरो करार स्थापित गर्नेछु;
 
“Aba ma timīharūsam̐ga ra timīharū pachikā santānaharūsam̐ga mērō karāra sthāpita garnēchu;
10 अनि तिमीहरूसित भएको प्रत्येक जीवित प्राणीसित पनि—चाहे त्यो चराचुरुङ्गी होस्, चाहे घरपालुवा वा जङ्गली जनावर होस्; तिमीहरूसित जहाजबाट बाहिर निस्किआएका सबैसित—पृथ्वीका प्रत्येक जीवित प्राणीहरूसित।
 
Ani timīharūsita bha'ēkō pratyēka jīvita prāṇīsita pani—cāhē tyō carācuruṅgī hōs, cāhē gharapāluvā vā jaṅgalī janāvara hōs; timīharūsita jahājabāṭa bāhira niski'ā'ēkā sabaisita—pr̥thvīkā pratyēka jīvita prāṇīharūsita.
11 म तिमीहरूसित मेरो करार स्थापित गर्नेछु: अब उसो सबै जीवित थोकहरू जलप्रलयको पानीले नाश हुनेछैनन्; पृथ्वीलाई नष्‍ट पार्ने जलप्रलय फेरि हुनेछैन।”
 
Ma timīharūsita mērō karāra sthāpita garnēchu: Aba usō sabai jīvita thōkaharū jalapralayakō pānīlē nāśa hunēchainan; pr̥thvīlā'ī naṣṭa pārnē jalapralaya phēri hunēchaina.”
12 अनि परमेश्‍वरले भन्‍नुभयो, “मैले तिमीहरू र तिमीहरूसित भएका प्रत्येक जीवित प्राणी र समस्त भावी पुस्ताहरूका निम्ति स्थापित गरेको करारको चिन्ह यही हो:
 
Ani paramēśvaralē bhannubhayō, “mailē timīharū ra timīharūsita bha'ēkā pratyēka jīvita prāṇī ra samasta bhāvī pustāharūkā nimti sthāpita garēkō karārakō cinha yahī hō:
13 म बादलमा मेरो इन्द्रेणी राख्दछु; अनि यही नै मेरो र पृथ्वीको बीचमा बाँधेको करारको चिन्ह हुनेछ।
 
Ma bādalamā mērō indrēṇī rākhdachu; ani yahī nai mērō ra pr̥thvīkō bīcamā bām̐dhēkō karārakō cinha hunēcha.
14 जब म पृथ्वीमाथि बादल फैलाउनेछु, अनि बादलमा इन्द्रेणी देखा पर्नेछ;
 
Jaba ma pr̥thvīmāthi bādala phailā'unēchu, ani bādalamā indrēṇī dēkhā parnēcha;
15 तब मैले तिमीहरूसित र हरेक किसिमका जीवित प्राणीहरूसित बाँधेको मेरो करार सम्झनेछु। अब उसो सम्पूर्ण जीवित थोक नष्‍ट गर्ने पानीको जलप्रलय कहिल्यै हुनेछैन।
 
Taba mailē timīharūsita ra harēka kisimakā jīvita prāṇīharūsita bām̐dhēkō mērō karāra samjhanēchu. Aba usō sampūrṇa jīvita thōka naṣṭa garnē pānīkō jalapralaya kahilyai hunēchaina.
16 जब बादलमा इन्द्रेणी देखा पर्नेछ, तब परमेश्‍वर र पृथ्वीमा भएका हरेक किसिमका सबै जीवित प्राणीहरूसित गरिएको यो अनन्तको करारलाई म सम्झनेछु।”
 
Jaba bādalamā indrēṇī dēkhā parnēcha, taba paramēśvara ra pr̥thvīmā bha'ēkā harēka kisimakā sabai jīvita prāṇīharūsita gari'ēkō yō anantakō karāralā'ī ma samjhanēchu.”
17 यसरी परमेश्‍वरले नोआलाई भन्‍नुभयो, “मैले म र पृथ्वीमा भएका सबै जीवितहरूबीच स्थापित गरेको करारको चिन्ह यही नै हुनेछ।”
 
Yasarī paramēśvaralē nō'ālā'ī bhannubhayō, “mailē ma ra pr̥thvīmā bha'ēkā sabai jīvitaharūbīca sthāpita garēkō karārakō cinha yahī nai hunēcha.”

Noah’s Shame and Canaan’s Curse

18 जहाज बाहिर निस्केर आउने नोआका छोराहरू शेम, हाम र येपेत थिए। (हामचाहिँ कनानका पिता थिए।)
 
Jahāja bāhira niskēra ā'unē nō'ākā chōrāharū śēma, hāma ra yēpēta thi'ē. (Hāmacāhim̐ kanānakā pitā thi'ē.)
19 नोआका तीन छोराहरू यिनै थिए; अनि यिनीहरूबाट आएका मानिसहरूले नै समस्त पृथ्वी भरियो।
 
Nō'ākā tīna chōrāharū yinai thi'ē; ani yinīharūbāṭa ā'ēkā mānisaharūlē nai samasta pr̥thvī bhariyō.
20 नोआले खेतीपाती गर्न थाले, उनले एउटा दाखबारी लगाए।
 
Nō'ālē khētīpātī garna thālē, unalē ē'uṭā dākhabārī lagā'ē.
21 जब तिनले दाखमद्यबाट पिए, तब तिनी मात्तिए, र आफ्नो पालभित्र नाङ्गै सुते।
22 कनानका पिता हामले आफ्ना पिताको नग्नता देखे, र बाहिर भएका आफ्ना दुई दाजुभाइलाई बताए।
 
Kanānakā pitā hāmalē āphnā pitākō nagnatā dēkhē, ra bāhira bha'ēkā āphnā du'ī dājubhā'ilā'ī batā'ē.
23 तर शेम र येपेतले आफ्ना काँधमा एउटा लुगा लिए, र पछिल्तिरबाट सर्दै गई आफ्ना पिताको नग्नतालाई ढाकिदिए। तिनीहरूका अनुहार अर्कोपट्टि फर्केका हुनाले तिनीहरूले आफ्ना पिताको नग्नता देखेनन्।
 
Tara śēma ra yēpētalē āphnā kām̐dhamā ē'uṭā lugā li'ē, ra pachiltirabāṭa sardai ga'ī āphnā pitākō nagnatālā'ī ḍhākidi'ē. Tinīharūkā anuhāra arkōpaṭṭi pharkēkā hunālē tinīharūlē āphnā pitākō nagnatā dēkhēnan.
24 जब नोआको मद्यबाट होश खुल्यो, र तिनले आफ्नो कान्छा छोराले तिनलाई के गरेका थिए, त्यो थाहा पाए;
 
Jaba nō'ākō madyabāṭa hōśa khulyō, ra tinalē āphnō kānchā chōrālē tinalā'ī kē garēkā thi'ē, tyō thāhā pā'ē;
25 तब तिनले भने, “कनान श्रापित होस्! त्यो आफ्ना दाजुभाइहरू बीचमा सबैभन्दा तुच्छ दास होस्।”
 
Taba tinalē bhanē, “kanāna śrāpita hōs! Tyō āphnā dājubhā'iharū bīcamā sabaibhandā tuccha dāsa hōs.”

Shem’s Blessing and Noah’s Death

26 तिनले यो पनि भने, “शेमका याहवेह, परमेश्‍वर धन्यका होऊन्; कनानचाहिँ शेमको कमारा होस्!
 
Tinalē yō pani bhanē, “śēmakā yāhavēha, paramēśvara dhan'yakā hō'ūn; kanānacāhim̐ śēmakō kamārā hōs!
27 परमेश्‍वरले येपेतको क्षेत्र बढाऊन्; येपेत शेमका पालहरूमा बास गरोस्; अनि कनानचाहिँ येपेतको कमारो होस्।”
 
Paramēśvaralē yēpētakō kṣētra baḍhā'ūn; yēpēta śēmakā pālaharūmā bāsa garōs; ani kanānacāhim̐ yēpētakō kamārō hōs.”
28 जलप्रलयपछि नोआ 350 वर्ष बाँचे।
29 नोआ जम्मा 950 वर्षसम्म बाँचे; अनि तिनी मरे।
 
Nō'ā jam'mā 950 varṣasam'ma bām̐cē; ani tinī marē.
उत्पत्ति 9:1 का लागि चित्रणउत्पत्ति 9:1 का लागि चित्रण

क्रस-सन्दर्भहरू

यस पदका लागि कुनै क्रस-सन्दर्भ उपलब्ध छैन।