PepLamb's Audio Bible
Loading God's Word...
मेरा पाठाहरूलाई खुवाऊ | यूहन्ना 21:15-17
Gen.8.1

तर परमेश्‍वरले नोआ, तिनीसित जहाजभित्र भएका सबै जङ्गली जनावर र घरपालुवा जनावरहरूलाई सम्झनुभयो; त्यसपछि उहाँले पृथ्वीमाथि बतास चलाउनुभयो, र पानी घट्न थाल्यो।
 
Tara paramēśvaralē nō'ā, tinīsita jahājabhitra bha'ēkā sabai jaṅgalī janāvara ra gharapāluvā janāvaraharūlā'ī samjhanubhayō; tyasapachi uhām̐lē pr̥thvīmāthi batāsa calā'unubhayō, ra pānī ghaṭna thālyō.

उत्पत्ति 8
उत्पत्ति 8:1-5
उत्पत्ति 8:1-22

The Ark Rests on Ararat

The Flood Subsides
1 तर परमेश्‍वरले नोआ, तिनीसित जहाजभित्र भएका सबै जङ्गली जनावर र घरपालुवा जनावरहरूलाई सम्झनुभयो; त्यसपछि उहाँले पृथ्वीमाथि बतास चलाउनुभयो, र पानी घट्न थाल्यो।
 
Tara paramēśvaralē nō'ā, tinīsita jahājabhitra bha'ēkā sabai jaṅgalī janāvara ra gharapāluvā janāvaraharūlā'ī samjhanubhayō; tyasapachi uhām̐lē pr̥thvīmāthi batāsa calā'unubhayō, ra pānī ghaṭna thālyō.
2 अब गहिरा मूलहरू र आकाशका पानीका बाँधहरू बन्द भएका थिए, र आकाशबाट पानी पर्न रोकिएको थियो।
 
Aba gahirā mūlaharū ra ākāśakā pānīkā bām̐dhaharū banda bha'ēkā thi'ē, ra ākāśabāṭa pānī parna rōki'ēkō thiyō.
3 पृथ्वीबाट पानी लगातार घट्दै जान थाल्यो। एक सय पचासौँ दिनपछि पानी कम भयो।
 
Pr̥thvībāṭa pānī lagātāra ghaṭdai jāna thālyō. Ēka saya pacāsaum̐ dinapachi pānī kama bhayō.
4 त्यसपछि सातौँ महिनाको सत्रौँ दिनमा जहाज अरारात पर्वतमा अडियो।
 
Tyasapachi sātaum̐ mahinākō satraum̐ dinamā jahāja arārāta parvatamā aḍiyō.
5 पानी दशौँ महिनासम्म लगातार घट्दै गयो; अनि दशौँ महिनाको पहिलो दिनमा पर्वतका टाकुराहरू देखिन थाले।
 
Pānī daśaum̐ mahināsam'ma lagātāra ghaṭdai gayō; ani daśaum̐ mahinākō pahilō dinamā parvatakā ṭākurāharū dēkhina thālē.

Noah Sends a Raven and a Dove

6 चालीस दिनपछि नोआले आफूले जहाजमा बनाएको झ्याल खोले;
 
Cālīsa dinapachi nō'ālē āphūlē jahājamā banā'ēkō jhyāla khōlē;
7 अनि एउटा कागलाई बाहिर पठाए; त्यो पृथ्वीबाट पानी नसुकेसम्म यताउता उडिरह्‍यो।
 
Ani ē'uṭā kāgalā'ī bāhira paṭhā'ē; tyō pr̥thvībāṭa pānī nasukēsam'ma yatā'utā uḍirahyō.
8 त्यसपछि तिनले पृथ्वीको सतहमा पानी घट्यो कि घटेन भनेर बुझ्न एउटा ढुकुरलाई बाहिर पठाए।
 
Tyasapachi tinalē pr̥thvīkō satahamā pānī ghaṭyō ki ghaṭēna bhanēra bujhna ē'uṭā ḍhukuralā'ī bāhira paṭhā'ē.
9 तर पृथ्वीको सतहमा पानी भएकोले त्यस ढुकुरले आफ्नो खुट्टा जमिनमा राख्ने ठाउँ नपाएर तिनीकहाँ जहाजमा नै फर्किआयो। नोआले आफ्नो हात बढाएर ढुकुरलाई पक्रेर जहाजमा आफूकहाँ ल्याए।
 
Tara pr̥thvīkō satahamā pānī bha'ēkōlē tyasa ḍhukuralē āphnō khuṭṭā jaminamā rākhnē ṭhā'um̐ napā'ēra tinīkahām̐ jahājamā nai pharki'āyō. Nō'ālē āphnō hāta baḍhā'ēra ḍhukuralā'ī pakrēra jahājamā āphūkahām̐ lyā'ē.
10 तिनले अरू सात दिन पर्खे; अनि त्यस ढुकुरलाई फेरि जहाजबाट बाहिर पठाए।
 
Tinalē arū sāta dina parkhē; ani tyasa ḍhukuralā'ī phēri jahājabāṭa bāhira paṭhā'ē.
11 बेलुका जब त्यो ढुकुर तिनी भएको ठाउँमा फर्किआयो; त्यसको चुच्‍चोमा भर्खरै टिपेको भद्राक्षको पात थियो! तब पृथ्वीबाट पानी घटेर गएछ भनी नोआले थाहा पाए।
 
Bēlukā jaba tyō ḍhukura tinī bha'ēkō ṭhā'um̐mā pharki'āyō; tyasakō cuccōmā bharkharai ṭipēkō bhadrākṣakō pāta thiyō! Taba pr̥thvībāṭa pānī ghaṭēra ga'ēcha bhanī nō'ālē thāhā pā'ē.
12 तिनले अझै अर्को सात दिन पर्खेर ढुकुरलाई फेरि बाहिर पठाए; तर यस पटक त्यो तिनीकहाँ फर्केर आएन।
 
Tinalē ajhai arkō sāta dina parkhēra ḍhukuralā'ī phēri bāhira paṭhā'ē; tara yasa paṭaka tyō tinīkahām̐ pharkēra ā'ēna.

Exiting the Ark

13 नोआको जीवनको छ सय एक वर्षको पहिलो महिनाको पहिलो दिनसम्ममा पृथ्वीबाट पानी सुकिसकेको थियो। तब नोआले जहाजको छाना उघारे, र पृथ्वीको सतह ओबानो भएको देखे।
14 दोस्रो महिनाको सत्ताइसौँ दिनसम्ममा पृथ्वी पूरै ओबानो भएको थियो।
15 तब परमेश्‍वरले नोआलाई भन्‍नुभयो,
 
Taba paramēśvaralē nō'ālā'ī bhannubhayō,
16 “तँ र तेरी पत्नी, र तेरा छोराहरू र तिनीहरूका पत्नीहरूलाई लिएर जहाजबाट निस्की।
 
“Tam̐ ra tērī patnī, ra tērā chōrāharū ra tinīharūkā patnīharūlā'ī li'ēra jahājabāṭa niskī.
17 तँसित भएका हरेक प्रकारका जीवित प्राणी, पक्षी, जनावर र जमिनमा चलहल गर्ने सबै प्राणीहरूलाई बाहिर निकाल् ताकि तिनीहरू पृथ्वीमा फैलिँदै फल्दै-फुल्दै र संख्यामा वृद्धि हुँदै जाऊन्।”
 
Tam̐sita bha'ēkā harēka prakārakā jīvita prāṇī, pakṣī, janāvara ra jaminamā calahala garnē sabai prāṇīharūlā'ī bāhira nikāl tāki tinīharū pr̥thvīmā phailim̐dai phaldai-phuldai ra saṅkhyāmā vr̥d'dhi hum̐dai jā'ūn.”
18 यसकारण नोआ, तिनको साथमा छोराहरू, तिनकी पत्नी र बुहारीहरूसित बाहिर निस्केर आए।
19 जमिनमा घस्रने सबै जनावर, सबै प्राणीहरू र सबै उड्ने पक्षी—पृथ्वीमा हलचल गर्ने सबै जीवहरू तिनीहरूका जोडीअनुसार एकपछि अर्को गर्दै जहाजबाट बाहिर निस्के।
 
Jaminamā ghasranē sabai janāvara, sabai prāṇīharū ra sabai uḍnē pakṣī—pr̥thvīmā halacala garnē sabai jīvaharū tinīharūkā jōḍī'anusāra ēkapachi arkō gardai jahājabāṭa bāhira niskē.

Noah Builds an Altar

20 तब नोआले याहवेहको निम्ति एउटा वेदी बनाए, र शुद्ध पशुहरूबाट र शुद्ध पक्षीहरूबाट केही लिएर त्यस वेदीमाथि होमबलि चढाए।
 
Taba nō'ālē yāhavēhakō nimti ē'uṭā vēdī banā'ē, ra śud'dha paśuharūbāṭa ra śud'dha pakṣīharūbāṭa kēhī li'ēra tyasa vēdīmāthi hōmabali caḍhā'ē.
21 याहवेहले त्यो मिठो बास्‍ना लिनुभयो; अनि आफ्नो मनमनै भन्‍नुभयो: “बाल्यवस्थादेखि नै मानिसको हृदय दुष्‍टतातिर ढल्केको भए तापनि मानिसको कारणले गर्दा म धर्तीलाई अब फेरि कहिल्यै श्राप दिनेछैनँ। अनि जसरी अहिले मैले गरेको छु, अब फेरि सबै जीवित प्राणीलाई म कहिल्यै नाश गर्नेछैनँ।
 
Yāhavēhalē tyō miṭhō bāsnā linubhayō; ani āphnō manamanai bhannubhayō: “Bālyavasthādēkhi nai mānisakō hr̥daya duṣṭatātira ḍhalkēkō bha'ē tāpani mānisakō kāraṇalē gardā ma dhartīlā'ī aba phēri kahilyai śrāpa dinēchainam̐. Ani jasarī ahilē mailē garēkō chu, aba phēri sabai jīvita prāṇīlā'ī ma kahilyai nāśa garnēchainam̐.
22 “पृथ्वी रहेसम्म, बिउ छर्ने र कटनीको समय, जाडो र गर्मी, ग्रीष्म ऋतु र शिशिर ऋतु, दिन र रातको अन्त्य कहिल्यै हुनेछैन।”
 
“Pr̥thvī rahēsam'ma, bi'u charnē ra kaṭanīkō samaya, jāḍō ra garmī, grīṣma r̥tu ra śiśira r̥tu, dina ra rātakō antya kahilyai hunēchaina.”
उत्पत्ति 8:1 का लागि चित्रण

क्रस-सन्दर्भहरू

यस पदका लागि कुनै क्रस-सन्दर्भ उपलब्ध छैन।