PepLamb's Audio Bible
Loading God's Word...
मेरा पाठाहरूलाई खुवाऊ | यूहन्ना 21:15-17
Gen.7.1
NCV परमेश्वर

तब याहवेहले नोआलाई भन्‍नुभयो, “तँ र तेरा सम्पूर्ण परिवार जहाजभित्र जा; किनकि मैले तँलाई यस पुस्तामा धर्मी पाएको छु।
 
Taba yāhavēhalē nō'ālā'ī bhannubhayō, “tam̐ ra tērā sampūrṇa parivāra jahājabhitra jā; kinaki mailē tam̐lā'ī yasa pustāmā dharmī pā'ēkō chu.

उत्पत्ति 7
उत्पत्ति 7:1-24

The Great Flood

1 तब याहवेहले नोआलाई भन्‍नुभयो, “तँ र तेरा सम्पूर्ण परिवार जहाजभित्र जा; किनकि मैले तँलाई यस पुस्तामा धर्मी पाएको छु।
 
Taba yāhavēhalē nō'ālā'ī bhannubhayō, “tam̐ ra tērā sampūrṇa parivāra jahājabhitra jā; kinaki mailē tam̐lā'ī yasa pustāmā dharmī pā'ēkō chu.
2 तँसित हरेक प्रकारका शुद्ध पशुबाट भाले र पोथी गरेर सात जोडी, अशुद्ध पशुबाट भाले र पोथी गरेर एक जोडी लिनू;
3 अनि हरेक प्रकारका चराचुरुङ्गीबाट सात जोडी भाले र पोथी गरी लिनू, ताकि तिनीहरूका विभिन्‍न जातिहरू पृथ्वीभरि जीवित रहून्।
4 अबको सात दिनमा म पृथ्वीमा चालीस दिन र चालीस रात पानी बर्साउनेछु; अनि म पृथ्वीबाट मैले बनाएको प्रत्येक जीवित प्राणीको नामनिशानै मेटिदिनेछु।”
 
Abakō sāta dinamā ma pr̥thvīmā cālīsa dina ra cālīsa rāta pānī barsā'unēchu; ani ma pr̥thvībāṭa mailē banā'ēkō pratyēka jīvita prāṇīkō nāmaniśānai mēṭidinēchu.”
5 अनि नोआले याहवेहले तिनलाई आज्ञा गर्नुभएअनुसार सबै गरे।
 
Ani nō'ālē yāhavēhalē tinalā'ī ājñā garnubha'ē'anusāra sabai garē.
6 पृथ्वीमा जलप्रलय हुँदा नोआ छ सय वर्षका थिए।
 
Pr̥thvīmā jalapralaya hum̐dā nō'ā cha saya varṣakā thi'ē.
7 अनि जलप्रलयको पानीबाट बाँच्नका निम्ति नोआ अनि तिनका छोराहरू, तिनकी पत्नी र तिनका बुहारीहरू जहाजभित्र पसे।
 
Ani jalapralayakō pānībāṭa bām̐cnakā nimti nō'ā ani tinakā chōrāharū, tinakī patnī ra tinakā buhārīharū jahājabhitra pasē.
8 साथमा शुद्ध र अशुद्ध पशुहरू, चराचुरुङ्गी अनि जमिनमा चलहल गर्ने सबै प्राणीहरूका जोडीहरू,
 
Sāthamā śud'dha ra aśud'dha paśuharū, carācuruṅgī ani jaminamā calahala garnē sabai prāṇīharūkā jōḍ'̔īharū,
9 अर्थात् भाले र पोथी गरी परमेश्‍वरले आज्ञा गर्नुभएझैँ नोआसँगै जहाजभित्र पसे।
 
Arthāt bhālē ra pōthī garī paramēśvaralē ājñā garnubha'ējhaim̐ nō'āsam̐gai jahājabhitra pasē.
10 अनि सात दिनपछि पृथ्वीमा जलप्रलय भयो।
 
Ani sāta dinapachi pr̥thvīmā jalapralaya bhayō.
11 नोआको जीवनको छ सय वर्षको दोस्रो महिनाको सत्रौँ दिनमा पृथ्वीका सबै गहिरा मूलहरू फुटे, र आकाशका पानीका बाँधहरू खोलिए।
 
Nō'ākō jīvanakō cha saya varṣakō dōsrō mahinākō satraum̐ dinamā pr̥thvīkā sabai gahirā mūlaharū phuṭē, ra ākāśakā pānīkā bām̐dhaharū khōli'ē.
12 अनि पृथ्वीमा चालीस दिन र चालीस रात पानी परिरह्‍यो।
 
Ani pr̥thvīmā cālīsa dina ra cālīsa rāta pānī parirahyō.
13 त्यसै दिन नोआ र तिनका छोराहरू शेम, हाम अनि येपेत, तिनकी पत्नी र तिनका तीन बुहारीहरू जहाजभित्र पसे।
 
Tyasai dina nō'ā ra tinakā chōrāharū śēma, hāma ani yēpēta, tinakī patnī ra tinakā tīna buhārīharū jahājabhitra pasē.
14 तिनीहरूसित आ-आफ्नै प्रकारका प्रत्येक जङ्गली जनावर, आ-आफ्नै प्रकारका सबै घरपालुवा पशु, आ-आफ्नै प्रकारका जमिनमा घस्रने प्राणी र पखेटा भएका आ-आफ्नै प्रकारका पक्षी थिए।
 
Tinīharūsita ā-āphnai prakārakā pratyēka jaṅgalī janāvara, ā-āphnai prakārakā sabai gharapāluvā paśu, ā-āphnai prakārakā jaminamā ghasranē prāṇī ra pakhēṭā bha'ēkā ā-āphnai prakārakā pakṣī thi'ē.
15 जीवनको सास हुने सबै प्राणीहरूका जोडी-जोडी गरी नोआकहाँ जहाजमा आए।
 
Jīvanakō sāsa hunē sabai prāṇīharūkā jōḍī-jōḍī garī nō'ākahām̐ jahājamā ā'ē.
16 भित्र पसेका प्राणीहरूमध्ये परमेश्‍वरले नोआलाई आज्ञा गर्नुभएअनुसार प्रत्येक जीवित प्राणीका भाले र पोथी थिए। तिनीहरू भित्र पसेपछि याहवेहले ढोका थुनिदिनुभयो।
 
Bhitra pasēkā prāṇīharūmadhyē paramēśvaralē nō'ālā'ī ājñā garnubha'ē'anusāra pratyēka jīvita prāṇīkā bhālē ra pōthī thi'ē. Tinīharū bhitra pasēpachi yāhavēhalē ḍhōkā thunidinubhayō.
17 चालीस दिनसम्म पृथ्वीमा जलप्रलय भइरह्‍यो; अनि जब पानी बढ्दैगयो, तब त्यसले जहाजलाई पृथ्वीमाथि उचाल्दै लग्यो।
 
Cālīsa dinasam'ma pr̥thvīmā jalapralaya bha'irahyō; ani jaba pānī baḍhdaigayō, taba tyasalē jahājalā'ī pr̥thvīmāthi ucāldai lagyō.
18 पानी बढ्दै गएर पृथ्वी भरिन थाल्यो, र जहाजचाहिँ पानीको सतहमाथि तैरिन थाल्यो।
 
Pānī baḍhdai ga'ēra pr̥thvī bharina thālyō, ra jahājacāhim̐ pānīkō satahamāthi tairina thālyō.
19 पृथ्वीमा पानी झन्-झन् बढ्दैगयो, र आकाशमुनि भएका सबै अग्ला-अग्ला पर्वतहरू डुबे।
 
Pr̥thvīmā pānī jhan-jhan baḍhdaigayō, ra ākāśamuni bha'ēkā sabai aglā-aglā parvataharū ḍubē.
20 पानी बढेर पर्वतहरूभन्दा 15 क्यूबिट माथिसम्म पुग्यो।
 
Pānī baḍhēra parvataharūbhandā 15 kyūbiṭa māthisam'ma pugyō.
21 पृथ्वीमा चलहल गर्ने प्रत्येक जीवित प्राणी—चराचुरुङ्गी, घरपालुवा पशु, जङ्गली जनावर, पृथ्वीमा हुल बाँधेर हिँड्ने हरेक प्रकारका जीवजन्तुहरू र सारा मानिस जातिहरू नष्‍ट भए।
 
Pr̥thvīmā calahala garnē pratyēka jīvita prāṇī—carācuruṅgī, gharapāluvā paśu, jaṅgalī janāvara, pr̥thvīmā hula bām̐dhēra him̐ḍnē harēka prakārakā jīvajantuharū ra sārā mānisa jātiharū naṣṭa bha'ē.
22 ओबानो भूमिमा भएका नाकमा जीवनको सास हुनेहरू सबै थोक नष्‍ट भए।
 
Ōbānō bhūmimā bha'ēkā nākamā jīvanakō sāsa hunēharū sabai thōka naṣṭa bha'ē.
23 पृथ्वीमा भएका प्रत्येक जीवित प्राणी; हरेक मानिस, पशु, जमिनमा चलहल गर्ने प्राणी र आकाशका चराहरू सबैको पृथ्वीबाट नामनिशानै मेटियो। नोआ र तिनीसित जहाजभित्र भएकाहरू मात्र जीवित रहे।
 
Pr̥thvīmā bha'ēkā pratyēka jīvita prāṇī; harēka mānisa, paśu, jaminamā calahala garnē prāṇī ra ākāśakā carāharū sabaikō pr̥thvībāṭa nāmaniśānai mēṭiyō. Nō'ā ra tinīsita jahājabhitra bha'ēkāharū mātra jīvita rahē.
24 पृथ्वीमाथि पानी एक सय पचास दिनसम्म जलमग्न भइरह्‍यो।
 
Pr̥thvīmāthi pānī ēka saya pacāsa dinasam'ma jalamagna bha'irahyō.
उत्पत्ति 7:1 का लागि चित्रणउत्पत्ति 7:1 का लागि चित्रण

क्रस-सन्दर्भहरू

यस पदका लागि कुनै क्रस-सन्दर्भ उपलब्ध छैन।