PepLamb's Audio Bible
Loading God's Word...
मेरा पाठाहरूलाई खुवाऊ | यूहन्ना 21:15-17
Gen.5.1

आदमको वंशको विवरण यही हो: जब परमेश्‍वरले मानिस जातिलाई सृष्‍टि गर्नुभयो, तब उहाँले तिनलाई परमेश्‍वरको स्वरूपमा बनाउनुभयो।
 
Ādamakō vanśakō vivaraṇa yahī hō: Jaba paramēśvaralē mānisa jātilā'ī sr̥ṣṭi garnubhayō, taba uhām̐lē tinalā'ī paramēśvarakō svarūpamā banā'unubhayō.

उत्पत्ति 5
उत्पत्ति 5:1-17
उत्पत्ति 5:1-32

The Descendants of Adam

Descendants of Adam
1 आदमको वंशको विवरण यही हो: जब परमेश्‍वरले मानिस जातिलाई सृष्‍टि गर्नुभयो, तब उहाँले तिनलाई परमेश्‍वरको स्वरूपमा बनाउनुभयो।
 
Ādamakō vanśakō vivaraṇa yahī hō: Jaba paramēśvaralē mānisa jātilā'ī sr̥ṣṭi garnubhayō, taba uhām̐lē tinalā'ī paramēśvarakō svarūpamā banā'unubhayō.
2 उहाँले तिनीहरूलाई पुरुष र स्त्री बनाउनुभयो, र तिनीहरूलाई आशिष् दिनुभयो। तिनीहरूको सृष्‍टि हुँदा उहाँले तिनीहरूलाई “मानिस जाति” नाम दिनुभयो।
 
Uhām̐lē tinīharūlā'ī puruṣa ra strī banā'unubhayō, ra tinīharūlā'ī āśiṣ dinubhayō. Tinīharūkō sr̥ṣṭi hum̐dā uhām̐lē tinīharūlā'ī “mānisa jāti” nāma dinubhayō.
3 आदम 130 वर्षको हुँदा, तिनीजस्तै तिनको आफ्नै स्वरूपमा एउटा छोरा भयो, र तिनले त्यसको नाम शेत राखे।
 
Ādama 130 varṣakō hum̐dā, tinījastai tinakō āphnai svarūpamā ē'uṭā chōrā bhayō, ra tinalē tyasakō nāma śēta rākhē.
4 शेतको जन्मपछि आदम 800 वर्षसम्म बाँचे; अनि तिनका अरू छोराछोरी जन्मिए।
 
Śētakō janmapachi ādama 800 varṣasam'ma bām̐cē; ani tinakā arū chōrāchōrī janmi'ē.
5 आदम जम्मा 930 वर्षसम्म बाँचे; अनि तिनी मरे।
 
Ādama jam'mā 930 varṣasam'ma bām̐cē; ani tinī marē.
6 शेतको उमेर 105 वर्षको हुँदा, तिनी एनोशका पिता भए।
 
Śētakō umēra 105 varṣakō hum̐dā, tinī ēnōśakā pitā bha'ē.
7 तिनी एनोशका पिता भएपछि शेत 807 वर्ष बाँचे; अनि तिनका अरू छोराछोरी पनि जन्मिए।
 
Tinī ēnōśakā pitā bha'ēpachi śēta 807 varṣa bām̐cē; ani tinakā arū chōrāchōrī pani janmi'ē.
8 शेत जम्मा 912 वर्षसम्म बाँचे; अनि तिनी मरे।
 
Śēta jam'mā 912 varṣasam'ma bām̐cē; ani tinī marē.
9 एनोशको उमेर 90 वर्षको हुँदा, तिनी केनानका पिता भए।
 
Ēnōśakō umēra 90 varṣakō hum̐dā, tinī kēnānakā pitā bha'ē.
10 अनि तिनी केनानका पिता भएपछि, एनोश 815 वर्ष बाँचे; अनि तिनका अरू छोराछोरी भए।
 
Ani tinī kēnānakā pitā bha'ēpachi, ēnōśa 815 varṣa bām̐cē; ani tinakā arū chōrāchōrī bha'ē.
11 एनोश जम्मा 905 वर्षसम्म बाँचे; अनि तिनी मरे।
 
Ēnōśa jam'mā 905 varṣasam'ma bām̐cē; ani tinī marē.
12 केनानको उमेर 70 वर्षको हुँदा, तिनी महलालेलका पिता भए।
 
Kēnānakō umēra 70 varṣakō hum̐dā, tinī mahalālēlakā pitā bha'ē.
13 अनि तिनी महलालेलका पिता भएपछि, केनान 840 वर्ष बाँचे; र तिनका अरू छोराछोरी जन्मिए।
 
Ani tinī mahalālēlakā pitā bha'ēpachi, kēnāna 840 varṣa bām̐cē; ra tinakā arū chōrāchōrī janmi'ē.
14 केनान जम्मा 910 वर्षसम्म बाँचे; अनि तिनी मरे।
 
Kēnāna jam'mā 910 varṣasam'ma bām̐cē; ani tinī marē.
15 महलालेलको उमेर 65 वर्षको हुँदा, तिनी येरेदका पिता भए।
 
Mahalālēlakō umēra 65 varṣakō hum̐dā, tinī yērēdakā pitā bha'ē.
16 अनि तिनी येरेदका पिता भएपछि, महलालेल 830 बाँचे; अनि तिनका अरू छोराछोरी जन्मिए।
 
Ani tinī yērēdakā pitā bha'ēpachi, mahalālēla 830 bām̐cē; ani tinakā arū chōrāchōrī janmi'ē.
17 महलालेल जम्मा 895 वर्षसम्म बाँचे; अनि तिनी मरे।
 
Mahalālēla jam'mā 895 varṣasam'ma bām̐cē; ani tinī marē.

God Takes Up Enoch

18 येरेदको उमेर 162 वर्षको हुँदा, तिनी हनोकका पिता भए।
 
Yērēdakō umēra 162 varṣakō hum̐dā, tinī hanōkakā pitā bha'ē.
19 अनि तिनी हनोकका पिता भएपछि येरेद 800 वर्ष बाँचे; अनि तिनका अरू छोराछोरी जन्मिए।
 
Ani tinī hanōkakā pitā bha'ēpachi yērēda 800 varṣa bām̐cē; ani tinakā arū chōrāchōrī janmi'ē.
20 येरेद जम्मा 962 वर्षसम्म बाँचे, र तिनी मरे।
 
Yērēda jam'mā 962 varṣasam'ma bām̐cē, ra tinī marē.
21 हनोकको उमेर 65 वर्षको हुँदा, तिनी मतूशेलहका पिता भए।
 
Hanōkakō umēra 65 varṣakō hum̐dā, tinī matūśēlahakā pitā bha'ē.
22 अनि तिनी मतूशेलहका पिता भएपछि हनोक परमेश्‍वरसित 300 वर्ष विश्‍वासयोग्य भएर बाँचे; अनि तिनका अरू छोराछोरी जन्मिए।
23 हनोक जम्मा 365 वर्षसम्म बाँचे।
 
Hanōka jam'mā 365 varṣasam'ma bām̐cē.
24 हनोक परमेश्‍वरसित विश्‍वासयोग्य भएर बाँचे। अनि तिनी अलप भए; किनकि परमेश्‍वरले तिनलाई उठाइलैजानुभयो।
 
Hanōka paramēśvarasita viśvāsayōgya bha'ēra bām̐cē. Ani tinī alapa bha'ē; kinaki paramēśvaralē tinalā'ī uṭhā'ilaijānubhayō.

From Methuselah to Noah

25 मतूशेलहको उमेर 187 वर्षको हुँदा, तिनी लेमेकका पिता भए।
26 अनि तिनी लेमेकका पिता भएपछि मतूशेलह 782 वर्ष बाँचे; अनि तिनका अरू छोराछोरी जन्मिए।
 
Ani tinī lēmēkakā pitā bha'ēpachi matūśēlaha 782 varṣa bām̐cē; ani tinakā arū chōrāchōrī janmi'ē.
27 मतूशेलह जम्मा 969 वर्षसम्म बाँचे; अनि तिनी मरे।
 
Matūśēlaha jam'mā 969 varṣasam'ma bām̐cē; ani tinī marē.
28 लेमेकको उमेर 182 वर्षको हुँदा, तिनको एउटा छोरा जन्मियो।
 
Lēmēkakō umēra 182 varṣakō hum̐dā, tinakō ē'uṭā chōrā janmiyō.
29 अनि तिनले यसो भनेर त्यसको नाम नोआ राखे, “याहवेहले श्राप दिनुभएको भूमिमा हाम्रा हातले गरेको काम र कष्‍टदायक परिश्रममा यसले हामीलाई सान्त्वना दिनेछ।”
 
Ani tinalē yasō bhanēra tyasakō nāma nō'ā rākhē, “yāhavēhalē śrāpa dinubha'ēkō bhūmimā hāmrā hātalē garēkō kāma ra kaṣṭadāyaka pariśramamā yasalē hāmīlā'ī sāntvanā dinēcha.”
30 नोआ जन्मेपछि लेमेक 595 वर्ष बाँचे; अनि तिनका अरू छोराछोरी जन्मिए।
 
Nō'ā janmēpachi lēmēka 595 varṣa bām̐cē; ani tinakā arū chōrāchōrī janmi'ē.
31 लेमेक जम्मा 777 वर्षसम्म बाँचे; अनि तिनी मरे।
 
Lēmēka jam'mā 777 varṣasam'ma bām̐cē; ani tinī marē.
32 नोआ 500 वर्ष पुगेपछि तिनी शेम, हाम र येपेतका पिता भए।
 
Nō'ā 500 varṣa pugēpachi tinī śēma, hāma ra yēpētakā pitā bha'ē.

क्रस-सन्दर्भहरू

यस पदका लागि कुनै क्रस-सन्दर्भ उपलब्ध छैन।