PepLamb's Audio Bible
Loading God's Word...
मेरा पाठाहरूलाई खुवाऊ | यूहन्ना 21:15-17
Gen.2.1

यसरी आकाशमण्डल, पृथ्वी र तिनमा भएका सबै कुरा बनाइसकिए।
 
Yasarī ākāśamaṇḍala, pr̥thvī ra tinamā bha'ēkā sabai kurā banā'isaki'ē.

उत्पत्ति 2
उत्पत्ति 2:1-3
उत्पत्ति 2:1-3 उत्पत्ति 2:1-3

The Seventh Day—God Rest

The Seventh Day—God Rest
1 यसरी आकाशमण्डल, पृथ्वी र तिनमा भएका सबै कुरा बनाइसकिए।
 
Yasarī ākāśamaṇḍala, pr̥thvī ra tinamā bha'ēkā sabai kurā banā'isaki'ē.
2 परमेश्‍वरले सातौँ दिन हुँदासम्म आफूले गरिरहनुभएका काम सक्नुभयो; अनि सातौँ दिनमा उहाँले आफ्ना सबै कामबाट विश्राम लिनुभयो।
 
Paramēśvaralē sātaum̐ dina hum̐dāsam'ma āphūlē garirahanubha'ēkā kāma saknubhayō; ani sātaum̐ dinamā uhām̐lē āphnā sabai kāmabāṭa viśrāma linubhayō.
3 अनि परमेश्‍वरले सातौँ दिनलाई आशिष् दिनुभयो र त्यसलाई पवित्र तुल्याउनुभयो; किनकि यही दिन नै उहाँले सृष्‍टि गर्नुभएका सम्पूर्ण कामबाट विश्राम लिनुभयो।
 
Ani paramēśvaralē sātaum̐ dinalā'ī āśiṣ dinubhayō ra tyasalā'ī pavitra tulyā'unubhayō; kinaki yahī dina nai uhām̐lē sr̥ṣṭi garnubha'ēkā sampūrṇa kāmabāṭa viśrāma linubhayō.

Man and Woman in the Garden

The First Man - Adam
4 याहवेह परमेश्‍वरले सृष्‍टि गर्नुभएको आकाशमण्डल र पृथ्वीको विवरण यही नै हो।
 
Yāhavēha paramēśvaralē sr̥ṣṭi garnubha'ēkō ākāśamaṇḍala ra pr̥thvīkō vivaraṇa yahī nai hō.
5 जब याहवेह परमेश्‍वरले आकाशमण्डल र पृथ्वी सृष्‍टि गर्नुभयो, त्यस बेला पृथ्वीमा कुनै वनस्पति र कुनै बोटबिरुवा देखा परेका थिएनन्; किनकि याहवेह परमेश्‍वरले पृथ्वीमा पानी पठाउनुभएको थिएन र जमिनमा काम गर्ने कुनै मानिस थिएन।
 
Jaba yāhavēha paramēśvaralē ākāśamaṇḍala ra pr̥thvī sr̥ṣṭi garnubhayō, tyasa bēlā pr̥thvīmā kunai vanaspati ra kunai bōṭabiruvā dēkhā parēkā thi'ēnan; kinaki yāhavēha paramēśvaralē pr̥thvīmā pānī paṭhā'unubha'ēkō thi'ēna ra jaminamā kāma garnē kunai mānisa thi'ēna.
6 तर पृथ्वीबाट खोलाहरू निस्केर जमिनको सम्पूर्ण बाहिरी भागलाई भिजाउँथ्यो।
 
Tara pr̥thvībāṭa khōlāharū niskēra jaminakō sampūrṇa bāhirī bhāgalā'ī bhijā'um̐thyō.
7 याहवेह परमेश्‍वरले मानिसलाई जमिनको माटोबाट बनाउनुभयो; अनि तिनको नाकमा जीवनको सास फुकिदिनुभयो। यसरी मानिस जीवित प्राणी बन्यो।
 
Yāhavēha paramēśvaralē mānisalā'ī jaminakō māṭōbāṭa banā'unubhayō; ani tinakō nākamā jīvanakō sāsa phukidinubhayō. Yasarī mānisa jīvita prāṇī ban'yō.
God’s Garden - Tree of Life & Knowledge
8 याहवेह परमेश्‍वरले पूर्वपट्टि भएको अदनमा एउटा बगैँचा लगाउनुभएको थियो; अनि आफूले बनाउनुभएको मानिसलाई उहाँले त्यहाँ राख्नुभयो।
 
Yāhavēha paramēśvaralē pūrvapaṭṭi bha'ēkō adanamā ē'uṭā bagaim̐cā lagā'unubha'ēkō thiyō; ani āphūlē banā'unubha'ēkō mānisalā'ī uhām̐lē tyahām̐ rākhnubhayō.
9 अनि याहवेह परमेश्‍वरले भूमिबाट सबै किसिमका रूखहरू, अर्थात् हेर्नमा राम्रो र खानलाई असल रूखहरू उमार्नुभयो। अनि बगैँचाको बीचमा जीवनको रूख, साथै असल र खराबको ज्ञान दिने रूख पनि लगाउनुभयो।
 
Ani yāhavēha paramēśvaralē bhūmibāṭa sabai kisimakā rūkhaharū, arthāt hērnamā rāmrō ra khānalā'ī asala rūkhaharū umārnubhayō. Ani bagaim̐cākō bīcamā jīvanakō rūkha, sāthai asala ra kharābakō jñāna dinē rūkha pani lagā'unubhayō.
10 बगैँचालाई भिजाउनका निम्ति एउटा नदी अदनबाट बहन्थ्यो; त्यो त्यहाँबाट छुट्टिएर चार वटा शाखामा बाँडिएको थियो।
 
Bagaim̐cālā'ī bhijā'unakā nimti ē'uṭā nadī adanabāṭa bahanthyō; tyō tyahām̐bāṭa chuṭṭi'ēra cāra vaṭā śākhāmā bām̐ḍi'ēkō thiyō.
11 पहिलो नदीको नाम पीशोन हो, जो हवीलाको समस्त मुलुक हुँदै बग्दछ, जहाँ सुन पाइन्छ।
 
Pahilō nadīkō nāma pīśōna hō, jō havīlākō samasta muluka hum̐dai bagdacha, jahām̐ suna pā'incha.
12 (त्यस देशको सुन असल हुन्छ। त्यहाँ बास्‍ना आउने खोटो र गोमेद पनि पाइन्छन्।)
 
(Tyasa dēśakō suna asala huncha. Tyahām̐ bāsnā ā'unē khōṭō ra gōmēda pani pā'inchan.)
13 दोस्रो नदीको नाम गीहोन हो, जो कूशको समस्त मुलुक भएर बग्दछ।
 
Dōsrō nadīkō nāma gīhōna hō, jō kūśakō samasta muluka bha'ēra bagdacha.
14 तेस्रो नदीको नाम टाइग्रिस हो, जो अश्शूरको पूर्वतिर हुँदै बग्दछ; अनि चौथो नदीचाहिँ यूफ्रेटिस हो।
 
Tēsrō nadīkō nāma ṭā'igrisa hō, jō aśśūrakō pūrvatira hum̐dai bagdacha; ani cauthō nadīcāhim̐ yūphrēṭisa hō.
15 याहवेह परमेश्‍वरले मानिसलाई लगेर अदनको बगैँचामा काम गर्न र त्यसको हेरचाह गर्नका निम्ति त्यहाँ राख्नुभयो।
 
Yāhavēha paramēśvaralē mānisalā'ī lagēra adanakō bagaim̐cāmā kāma garna ra tyasakō hēracāha garnakā nimti tyahām̐ rākhnubhayō.
16 अनि याहवेह परमेश्‍वरले मानिसलाई यसो भनेर आज्ञा दिनुभयो, “यस बगैँचामा भएका कुनै पनि रूखहरूबाट खान तँ स्वतन्त्र छस्;
 
Ani yāhavēha paramēśvaralē mānisalā'ī yasō bhanēra ājñā dinubhayō, “yasa bagaim̐cāmā bha'ēkā kunai pani rūkhaharūbāṭa khāna tam̐ svatantra chas;
17 तर असल र खराबको ज्ञान दिने रूखको फलचाहिँ तैँले खाँदै नखानू! किनकि जुन दिन तैँले त्यो फल खान्छस्, तँ निश्‍चय नै मर्नेछस्।”
 
Tara asala ra kharābakō jñāna dinē rūkhakō phalacāhim̐ taim̐lē khām̐dai nakhānū! Kinaki juna dina taim̐lē tyō phala khānchas, tam̐ niścaya nai marnēchas.”
The First Woman - Eve
18 याहवेह परमेश्‍वरले भन्‍नुभयो, “मानिस एकलो रहन असल छैन। म त्यसको निम्ति एउटा सुहाउँदो सहयोगी बनाउनेछु।”
 
Yāhavēha paramēśvaralē bhannubhayō, “mānisa ēkalō rahana asala chaina. Ma tyasakō nimti ē'uṭā suhā'um̐dō sahayōgī banā'unēchu.”
19 याहवेह परमेश्‍वरले भूमिबाट सबै जङ्गली जनावर र आकाशका पक्षीहरूलाई बनाउनुभएको थियो। मानिसले तिनीहरूका के-के नाम राख्दो रहेछ भनी हेर्न तिनीहरूलाई तिनीकहाँ ल्याउनुभयो; अनि मानिसले हरेक प्राणीलाई जे-जे भनेर बोलाए, त्यही नै तिनीहरूका नाम रह्‍यो।
 
Yāhavēha paramēśvaralē bhūmibāṭa sabai jaṅgalī janāvara ra ākāśakā pakṣīharūlā'ī banā'unubha'ēkō thiyō. Mānisalē tinīharūkā kē-kē nāma rākhdō rahēcha bhanī hērna tinīharūlā'ī tinīkahām̐ lyā'unubhayō; ani mānisalē harēka prāṇīlā'ī jē-jē bhanēra bōlā'ē, tyahī nai tinīharūkā nāma rahyō.
20 यसरी मानिसले सबै घरपालुवा जनावरहरू, आकाशका पक्षीहरू र सबै जङ्गली जनावरहरूका नाम राखे। तर आदमको लागि कुनै सुहाउँदो सहयोगी पाइएन।
 
Yasarī mānisalē sabai gharapāluvā janāvaraharū, ākāśakā pakṣīharū ra sabai jaṅgalī janāvaraharūkā nāma rākhē. Tara ādamakō lāgi kunai suhā'um̐dō sahayōgī pā'i'ēna.
21 यसकारण याहवेह परमेश्‍वरले मानिसलाई गहिरो निद्रामा पार्नुभयो। जब तिनी निदाइरहेका थिए, तब उहाँले तिनका करङहरूमध्ये एउटा निकालेर त्यस ठाउँलाई मासुले भरिदिनुभयो।
 
Yasakāraṇa yāhavēha paramēśvaralē mānisalā'ī gahirō nidrāmā pārnubhayō. Jaba tinī nidā'irahēkā thi'ē, taba uhām̐lē tinakā karaṅaharūmadhyē ē'uṭā nikālēra tyasa ṭhā'um̐lā'ī māsulē bharidinubhayō.
22 अनि याहवेह परमेश्‍वरले मानिसबाट जुन करङ निकाल्नुभएको थियो, त्यही करङबाट एउटी स्त्री बनाउनुभयो र तिनलाई मानिसकहाँ ल्याउनुभयो।
 
Ani yāhavēha paramēśvaralē mānisabāṭa juna karaṅa nikālnubha'ēkō thiyō, tyahī karaṅabāṭa ē'uṭī strī banā'unubhayō ra tinalā'ī mānisakahām̐ lyā'unubhayō.
23 अनि मानिसले भने, “अब यो त मेरै हाडहरूका हाड र मासुको मासु हो; तिनलाई ‘स्त्री’ भनिनेछ, किनकि तिनी मानिसबाट निकालिएकी हो।”
 
Ani mānisalē bhanē, “aba yō ta mērai hāḍaharūkā hāḍa ra māsukō māsu hō; tinalā'ī ‘strī’ bhaninēcha, kinaki tinī mānisabāṭa nikāli'ēkī hō.”
24 यसैकारण मानिसले आफ्ना बुबा र आमालाई छोड्छ र आफ्नी पत्नीसित मिलिबस्छ, अनि तिनीहरू एउटै शरीर हुन्छन्।
 
Yasaikāraṇa mānisalē āphnā bubā ra āmālā'ī chōḍcha ra āphnī patnīsita milibascha, ani tinīharū ē'uṭai śarīra hunchan.
Naked - Not Ashamed
25 मानिस र तिनकी पत्नी दुवै नाङ्गा थिए, तर तिनीहरू लाज मान्दैनथे।
 
Mānisa ra tinakī patnī duvai nāṅgā thi'ē, tara tinīharū lāja māndainathē.

क्रस-सन्दर्भहरू

यस पदका लागि कुनै क्रस-सन्दर्भ उपलब्ध छैन।