PepLamb's Audio Bible
Loading God's Word...
मेरा पाठाहरूलाई खुवाऊ | यूहन्ना 21:15-17
Gen.1.1

आदिमा परमेश्‍वरले आकाशमण्डल र पृथ्वी सृष्‍टि गर्नुभयो।
 
Ādimā paramēśvaralē ākāśamaṇḍala ra pr̥thvī sr̥ṣṭi garnubhayō.

उत्पत्ति 1
उत्पत्ति 1:1-31
उत्पत्ति 1:1-2

The Creation

Heaven and Earth
1 आदिमा परमेश्‍वरले आकाशमण्डल र पृथ्वी सृष्‍टि गर्नुभयो।
 
Ādimā paramēśvaralē ākāśamaṇḍala ra pr̥thvī sr̥ṣṭi garnubhayō.
2 पृथ्वी आकारविनाको र शून्य थियो। गहिराइको सतहमाथि अन्धकार थियो, र पानीमाथि परमेश्‍वरको आत्मा घुमिरहनुहुन्थ्यो।
 
Pr̥thvī ākāravinākō ra śūn'ya thiyō. Gahirā'ikō satahamāthi andhakāra thiyō, ra pānīmāthi paramēśvarakō ātmā ghumirahanuhunthyō.
The First Day—Light
3 अनि परमेश्‍वरले आज्ञा गर्नुभयो, “उज्यालो होस्,” तब उज्यालो भयो।
 
Ani paramēśvaralē ājñā garnubhayō, “ujyālō hōs,” taba ujyālō bhayō.
4 अनि परमेश्‍वरले देख्नुभयो, त्यो असल थियो। उहाँले उज्यालो र अँध्यारोलाई अलग गर्नुभयो।
 
Ani paramēśvaralē dēkhnubhayō, tyō asala thiyō. Uhām̐lē ujyālō ra am̐dhyārōlā'ī alaga garnubhayō.
5 परमेश्‍वरले उज्यालोलाई “दिन” र अँध्यारोलाई “रात” भनेर नाम दिनुभयो। साँझ पर्‍यो र बिहान भयो—पहिलो दिन।
 
Paramēśvaralē ujyālōlā'ī “dina” ra am̐dhyārōlā'ī “rāta” bhanēra nāma dinubhayō. Sām̐jha paṟyō ra bihāna bhayō—pahilō dina.
The Second Day—Heaven
6 अनि परमेश्‍वरले आज्ञा गर्नुभयो, “पानीलाई पानीबाट अलग गर्नलाई पानीको बीचमा एउटा अन्तर होस्।”
 
Ani paramēśvaralē ājñā garnubhayō, “pānīlā'ī pānībāṭa alaga garnalā'ī pānīkō bīcamā ē'uṭā antara hōs.”
7 यसरी परमेश्‍वरले एउटा अन्तर बनाउनुभयो। अनि अन्तरमुनिको पानी र अन्तरमाथिको पानीलाई अलग-अलग गर्नुभयो। तब त्यस्तै भइहाल्यो।
 
Yasarī paramēśvaralē ē'uṭā antara banā'unubhayō. Ani antaramunikō pānī ra antaramāthikō pānīlā'ī alaga-alaga garnubhayō. Taba tyastai bha'ihālyō.
8 परमेश्‍वरले अन्तरलाई “आकाश” भनेर नाम दिनुभयो। साँझ पर्‍यो र बिहान भयो—दोस्रो दिन।
 
Paramēśvaralē antaralā'ī “ākāśa” bhanēra nāma dinubhayō. Sām̐jha paṟyō ra bihāna bhayō—dōsrō dina.
The Third Day—Earth, Seas and Plants
9 त्यसपछि परमेश्‍वरले आज्ञा गर्नुभयो, “आकाशमुनि भएको पानी एक ठाउँमा जम्मा होस् र ओबानो भूमि देखा परोस्।” तब त्यस्तै भयो।
 
Tyasapachi paramēśvaralē ājñā garnubhayō, “ākāśamuni bha'ēkō pānī ēka ṭhā'um̐mā jam'mā hōs ra ōbānō bhūmi dēkhā parōs.” Taba tyastai bhayō.
10 परमेश्‍वरले सुक्खा जमिनलाई “भूमि” र जम्मा भएको पानीको भागलाई “समुद्र” भनेर नाम दिनुभयो। अनि परमेश्‍वरले देख्नुभयो, त्यो असल थियो।
 
Paramēśvaralē sukkhā jaminalā'ī “bhūmi” ra jam'mā bha'ēkō pānīkō bhāgalā'ī “samudra” bhanēra nāma dinubhayō. Ani paramēśvaralē dēkhnubhayō, tyō asala thiyō.
11 तब परमेश्‍वरले आज्ञा गर्नुभयो, “भूमिले वनस्पति, किसिम-किसिमका बिउ हुने बोटबिरुवा र बिउ हुने फल फल्ने रूखहरू पृथ्वीमा उमारोस्।” तब त्यस्तै भयो।
 
Taba paramēśvaralē ājñā garnubhayō, “bhūmilē vanaspati, kisima-kisimakā bi'u hunē bōṭabiruvā ra bi'u hunē phala phalnē rūkhaharū pr̥thvīmā umārōs.” Taba tyastai bhayō.
12 भूमिले वनस्पति उमार्‍यो: आ-आफ्नै प्रकारअनुसारका बिउ भएका बिरुवा र रूखहरूले आ-आफ्नै प्रकारअनुसार बिउ भएका फलका रूखहरू उमार्‍यो। अनि परमेश्‍वरले देख्नुभयो, त्यो असल थियो।
 
Bhūmilē vanaspati umāṟyō: Ā-āphnai prakāra'anusārakā bi'u bha'ēkā biruvā ra rūkhaharūlē ā-āphnai prakāra'anusāra bi'u bha'ēkā phalakā rūkhaharū umāṟyō. Ani paramēśvaralē dēkhnubhayō, tyō asala thiyō.
13 अनि साँझ पर्‍यो र बिहान भयो—तेस्रो दिन।
 
Ani sām̐jha paṟyō ra bihāna bhayō—tēsrō dina.
The Fourth Day—Sun, Moon, and Stars
14 तब परमेश्‍वरले आज्ञा गर्नुभयो, “आकाशको अन्तरमा दिन र रात छुट्याउनलाई ज्योतिहरू होऊन्। तिनीहरू ऋतुहरू, दिनहरू र वर्षहरू जनाउने चिन्हहरू होऊन्।
 
Taba paramēśvaralē ājñā garnubhayō, “ākāśakō antaramā dina ra rāta chuṭyā'unalā'ī jyōtiharū hō'ūn. Tinīharū r̥tuharū, dinaharū ra varṣaharū janā'unē cinhaharū hō'ūn.
15 अनि पृथ्वीमा प्रकाश दिनलाई आकाशमाथि ज्योतिहरू चम्कून्।” तब त्यस्तै भइहाल्यो।
 
Ani pr̥thvīmā prakāśa dinalā'ī ākāśamāthi jyōtiharū camkūn.” Taba tyastai bha'ihālyō.
16 परमेश्‍वरले दुई वटा ठूला ज्योतिहरू बनाउनुभयो—ठूलो ज्योति दिनमा प्रभुत्व गर्नलाई र सानो ज्योति रातमा प्रभुत्व गर्नलाई। उहाँले ताराहरू पनि बनाउनुभयो।
 
Paramēśvaralē du'ī vaṭā ṭhūlā jyōtiharū banā'unubhayō—ṭhūlō jyōti dinamā prabhutva garnalā'ī ra sānō jyōti rātamā prabhutva garnalā'ī. Uhām̐lē tārāharū pani banā'unubhayō.
17 परमेश्‍वरले तिनीहरूलाई आकाशको अन्तरमा पृथ्वीमा उज्यालो दिन;
 
Paramēśvaralē tinīharūlā'ī ākāśakō antaramā pr̥thvīmā ujyālō dina;
18 अनि दिन र रातमा प्रभुत्व गर्न; अनि उज्यालो र अँध्यारोलाई अलग-अलग गर्नलाई राख्नुभयो। अनि परमेश्‍वरले देख्नुभयो, त्यो असल थियो।
 
Ani dina ra rātamā prabhutva garna; ani ujyālō ra am̐dhyārōlā'ī alaga-alaga garnalā'ī rākhnubhayō. Ani paramēśvaralē dēkhnubhayō, tyō asala thiyō.
19 अनि साँझ पर्‍यो र बिहान भयो—चौथो दिन।
 
Ani sām̐jha paṟyō ra bihāna bhayō—cauthō dina.
The Fifth Day—Fish and Birds
20 फेरि परमेश्‍वरले आज्ञा गर्नुभयो, “पानी जीवित प्राणीहरूले भरियोस् र पृथ्वीमाथि आकाशको अन्तरमा चाहिँ चराहरू उडून्।”
 
Phēri paramēśvaralē ājñā garnubhayō, “pānī jīvita prāṇīharūlē bhariyōs ra pr̥thvīmāthi ākāśakō antaramā cāhim̐ carāharū uḍūn.”
21 यसरी परमेश्‍वरले समुद्रका आ-आफ्नै प्रकारका विशाल जलजन्तु र पानीमा झुण्ड-झुण्ड बनाएर पौडने तिनीहरूका आ-आफ्नै प्रकारका जीवित प्राणीहरू, र सबै पखेटा भएका चराहरूलाई आ-आफ्नै किसिमको गरी सृष्‍टि गर्नुभयो। अनि परमेश्‍वरले देख्नुभयो, त्यो असल थियो।
 
Yasarī paramēśvaralē samudrakā ā-āphnai prakārakā viśāla jalajantu ra pānīmā jhuṇḍa-jhuṇḍa banā'ēra pauḍanē tinīharūkā ā-āphnai prakārakā jīvita prāṇīharū, ra sabai pakhēṭā bha'ēkā carāharūlā'ī ā-āphnai kisimakō garī sr̥ṣṭi garnubhayō. Ani paramēśvaralē dēkhnubhayō, tyō asala thiyō.
22 परमेश्‍वरले तिनीहरू सबैलाई आशिष् दिनुभयो र आज्ञा गर्नुभयो, “फल्दै-फुल्दै अनि संख्यामा वृद्धि हुँदै समुद्रको पानीमा भरिँदै जाओ र चराहरू पृथ्वीमा वृद्धि हुँदै जाऊन्।”
 
Paramēśvaralē tinīharū sabailā'ī āśiṣ dinubhayō ra ājñā garnubhayō, “phaldai-phuldai ani saṅkhyāmā vr̥d'dhi hum̐dai samudrakō pānīmā bharim̐dai jā'ō ra carāharū pr̥thvīmā vr̥d'dhi hum̐dai jā'ūn.”
23 तब साँझ पर्‍यो र बिहान भयो—पाँचौँ दिन।
 
Taba sām̐jha paṟyō ra bihāna bhayō—pām̐caum̐ dina.
The Sixth Day—Land Animals and Mankind
24 फेरि परमेश्‍वरले आज्ञा गर्नुभयो, “पृथ्वीले विभिन्‍न जातका जीवित प्राणीहरू, अर्थात् प्रत्येकका आ-आफ्नै किसिमअनुसार: घरपालुवा जनावरहरू, जमिनमा हलचल गर्ने प्राणीहरू र जङ्गली जनावरहरू उत्पन्‍न गरोस्।” तब त्यस्तै भयो।
 
Phēri paramēśvaralē ājñā garnubhayō, “pr̥thvīlē vibhinna jātakā jīvita prāṇīharū, arthāt pratyēkakā ā-āphnai kisima'anusāra: Gharapāluvā janāvaraharū, jaminamā halacala garnē prāṇīharū ra jaṅgalī janāvaraharū utpanna garōs.” Taba tyastai bhayō.
25 परमेश्‍वरले जङ्गली जनावरहरू, घरपालुवा जनावरहरू र जमिनमा घस्रने सबै प्राणीहरूलाई तिनीहरूका आ-आफ्नै किसिमले बनाउनुभयो। अनि परमेश्‍वरले देख्नुभयो, त्यो असल थियो।
 
Paramēśvaralē jaṅgalī janāvaraharū, gharapāluvā janāvaraharū ra jaminamā ghasranē sabai prāṇīharūlā'ī tinīharūkā ā-āphnai kisimalē banā'unubhayō. Ani paramēśvaralē dēkhnubhayō, tyō asala thiyō.
26 तब परमेश्‍वरले आज्ञा गर्नुभयो, “हामी मानिस जातिलाई हाम्रै स्वरूपमा, हामीजस्तै बनाऔँ। तिनीहरूले समुद्रका माछा, आकाशका चराहरू, घरपालुवा जनावर, सबै जङ्गली पशु, र पृथ्वीमा चलहल गर्ने सबै प्राणीहरूमाथि शासन गरून्।”
 
Taba paramēśvaralē ājñā garnubhayō, “hāmī mānisa jātilā'ī hāmrai svarūpamā, hāmījastai banā'aum̐. Tinīharūlē samudrakā māchā, ākāśakā carāharū, gharapāluvā janāvara, sabai jaṅgalī paśu, ra pr̥thvīmā calahala garnē sabai prāṇīharūmāthi śāsana garūn.”
27 यसकारण परमेश्‍वरले मानिस जातिलाई उहाँको आफ्नै स्वरूपमा सृष्‍टि गर्नुभयो, परमेश्‍वरको स्वरूपमा उहाँले तिनीहरूलाई सृष्‍टि गर्नुभयो; पुरुष र स्त्री गरेर उहाँले तिनीहरूलाई सृष्‍टि गर्नुभयो।
 
Yasakāraṇa paramēśvaralē mānisa jātilā'ī uhām̐kō āphnai svarūpamā sr̥ṣṭi garnubhayō, paramēśvarakō svarūpamā uhām̐lē tinīharūlā'ī sr̥ṣṭi garnubhayō; puruṣa ra strī garēra uhām̐lē tinīharūlā'ī sr̥ṣṭi garnubhayō.
28 परमेश्‍वरले तिनीहरूलाई आशिष् दिनुभयो, र आज्ञा गर्नुभयो, “फल्दै-फुल्दै, वृद्धि हुँदै पृथ्वीमा भरिँदै र त्यसलाई आफ्नो वशमा पार्दैजाओ। समुद्रका माछा, आकाशका चराहरू र जमिनमा हलचल गर्ने प्रत्येक प्राणीहरूमाथि शासन गर।”
 
Paramēśvaralē tinīharūlā'ī āśiṣ dinubhayō, ra ājñā garnubhayō, “phaldai-phuldai, vr̥d'dhi hum̐dai pr̥thvīmā bharim̐dai ra tyasalā'ī āphnō vaśamā pārdaijā'ō. Samudrakā māchā, ākāśakā carāharū ra jaminamā halacala garnē pratyēka prāṇīharūmāthi śāsana gara.”
29 तब परमेश्‍वरले तिनीहरूलाई भन्‍नुभयो, “हेर, म तिमीहरूलाई सम्पूर्ण पृथ्वीमा प्रत्येक बिउ भएका बिरुवा र फलमा बिउ भएका प्रत्येक रूख दिन्छु। ती तिमीहरूका भोजनका निम्ति हुनेछन्।
 
Taba paramēśvaralē tinīharūlā'ī bhannubhayō, “hēra, ma timīharūlā'ī sampūrṇa pr̥thvīmā pratyēka bi'u bha'ēkā biruvā ra phalamā bi'u bha'ēkā pratyēka rūkha dinchu. Tī timīharūkā bhōjanakā nimti hunēchan.
30 तर पृथ्वीमा भएका सबै पशुहरू र आकाशमा भएका सबै चराहरू र जमिनमा चलहल गर्ने सबै प्राणीहरू—जीवनको सास भएका प्रत्येकका निम्ति—म आहाराको लागि हरियो वनस्पति दिन्छु;” तब त्यस्तै भइहाल्यो।
 
Tara pr̥thvīmā bha'ēkā sabai paśuharū ra ākāśamā bha'ēkā sabai carāharū ra jaminamā calahala garnē sabai prāṇīharū—jīvanakō sāsa bha'ēkā pratyēkakā nimti—ma āhārākō lāgi hariyō vanaspati dinchu;” taba tyastai bha'ihālyō.
31 आफूले बनाउनुभएका सबै कुरा परमेश्‍वरले हेर्नुभयो र ती अति असल थिए। तब साँझ पर्‍यो र बिहान भयो—छैटौँ दिन।
 
Āphūlē banā'unubha'ēkā sabai kurā paramēśvaralē hērnubhayō ra tī ati asala thi'ē. Taba sām̐jha paṟyō ra bihāna bhayō—chaiṭaum̐ dina.
उत्पत्ति 1:1 का लागि चित्रणउत्पत्ति 1:1 का लागि चित्रण

क्रस-सन्दर्भहरू

यस पदका लागि कुनै क्रस-सन्दर्भ उपलब्ध छैन।